Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अन्तर्राष्‍ट्रिय मुद्रा कोषले नेपाललाई २६ अर्ब ऋण दिने

२०७७ बैशाख २७ गते

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई आर्थिक सहयोग दिने घोषणा गरेको छ । आईएमएफले लगभग २६ अर्व (२१ करोड ४० लाख अमेरिकी डलर) सहयोग गर्ने भएको हो । आइएमएफ बोर्डद्धारा नेपालको लागि उक्त ऋण प्रस्ताव स्वीकृत भइसकेको छ। कोरोना महामारीका कारण रेमिट्यान्स, पर्यटन र देशभित्रका अन्य आर्थिक गतिविधिमा प्रभाव परेकाले नेपाल सरकारले आईएमएफसँग आर्थिक सहयोगका लागि आग्रह गरेको थियो । शुन्य ब्याजदरमा प्रदान गरिने यो ऋण कोरोना महामारीपछि उत्पन्न आर्थिक संकट समाधानका लागि आईएमएफले प्रदान गर्ने भएको हो । यस ऋणबाट कोरोनाका कारण सिर्जना भएको वित्तीय संकट कम हुन सक्ने कोषले विश्वास लिएको छ।

Ad