May 5th, 2020

अमेरिकी गभर्नर एन्ड्रयू कुमोको राज्यमा चरणबद्ध रूपमा आर्थिक गतिविधि खोल्ने योजना


अमेरिकामा कोरोना भाइरसको मुख्य केन्द्र रहेको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुमो ( Andrew Cuomo) ले राज्यमा चरणबद्ध रूपमा आर्थिक गतिविधि खोल्ने योजना बनाएका छन् । उनले लकडाउनको कारण सधैं बन्द गर्नु उचित नभएको बताएका हुन् ।

गभर्नरले सोमबार सबै राज्यलाई पुन खोल्ने कुरा भइरहेका बेला यस सम्बन्धमा छलफल गर्नुपर्ने बताएका हुन् । “वर्तमान बन्द भएको स्थिति लामो समय सम्म रहन सक्दैन । सबै बन्द छ । यो केहि समयको लागि गर्न सकिन्छ, तर सधैं सम्भव छैन ।” उनले भने ।

उनका अनुसार नयाँ संक्रमण, स्वास्थ्य सेवा र परीक्षण क्षमताको आधारमा कुन क्षेत्रहरू खोल्ने भन्ने निर्णय लिने बताएका छन् । चरणबद्ध रूपमा खोल्ने योजना अनुसार पहिलो चरणमा कंस्ट्रचक्शनि र म्यानुफ्याक्चर क्षेत्रहरू खोलिनेछ । त्यसको दुई हप्ता पछि संक्रमणको केसमा कुनै वृद्धि भए नभएको समीक्षा गरिनेछ ।
त्यसपछि दोस्रो चरणमा मे महिनाको अन्त्यसम्ममा अन्य व्यावसायिक सेवाहरूको साथै खुद्रा बिक्रेता र घर जग्गा फर्महरू खोलिनेछ । तेस्रो चरणमा रेस्टुरेन्ट, बार र होटेल पुनः खोल्न अनुमति दिइनेछ, र अन्तिम चरणमा फिल्म हल, थिएटरहरू पनि खोल्न अनुमति दिइनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]