April 27th, 2020

आरबीआईद्धारा म्युचुअल फन्डका लागि ५० हजार करोड लोनको व्यवस्था

बैंकिङ खबर । भारतीय रिजर्व बैंकले सोमबार देशको अग्रणी म्युचुअल फण्ड हाउस फ्रेन्कलीन टेम्पलटन इंडियाको ६ कोष बन्द भएको कारण उत्पन्न संकटलाई सम्बोधन गर्न ठूलो कदम चालेको छ । लगानीकर्ताहरूको विश्वास कायम राख्न म्युचुअल फन्डका लागि ५०,००० करोडको विशेष तरलता (एसएलएफ) को घोषणा गरिएको छ । आरबीआईको यो निर्णयलाई भारतका पूर्व अर्थमन्त्रीले स्वागत गरेका छन् ।
यस अन्तर्गत, बैंकहरूले ९० दिनको कोष भारतीय रिजर्व बैंकबाट लिन सक्नेछन् र यसको प्रयोग म्युचुअल फन्डलाई कर्जा दिन वा उनीहरूको कर्पोरेट पेपर किन्नको लागि मात्र प्रयोग गर्न सक्दछन् ।
फ्रेन्कलीन टेम्पलटनले कोरोना भाइरस महामारीको कारणले र युनिट फिर्ता लिनको लागि दबाव र बजारमा तरलताको अभावका कारण स्कीम बन्द गरेको थियो । कम्पनीका अनुसार कोरोना संकटका कारण मानिसहरूले आफ्नो पैसा निकालेका छन् । यसले गर्दा कम्पनीमा नगदको अभाव भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]