April 21st, 2020

आईएमएफ र वल्ड बैंकद्धारा सम्पूर्ण देशलाई अन्तराष्ट्रिय व्यापार खुला राख्न आग्रह

बैंकिङ खबर । अन्तर्रािष्ट्रय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूह (डब्ल्यूबीजी) ले सबै देशहरुलाई व्यापार खुला राख्न आग्रह गरेका छन् । साथै विश्व एक कोरोनाभाइरस महामारीले ग्रसित भएका कारण चिकित्सा आपूर्ति र अन्य आवश्यक वस्तुहरुमा निर्यात नियन्त्रणको कारण स्थिति अझ खराब हुन सक्ने चेतावनी समेत दिएका छन् । समाचार सिन्हुवाले आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथको प्रतिवेदनमा ‘यो समय संसारभरि चिकित्सा आपूर्ति र अत्यावश्यक उपकरणको व्यापार प्रतिबन्ध गर्ने समय नभएकोले अन्तराष्ट्रिय व्यापार खुल्ला राख्न सम्पूर्ण देशलाई आग्रह गरेको उल्लेख गरेको छ ।
आईएमएफका एसिया र प्रशान्त विभागका उप निर्देशक केनेथ कगले उनको भनाइसँग सहमत जनाउँदै चिकित्सा र स्वास्थ्य उत्पादनहरू अत्यन्तै आवश्यक स्थानहरूमा पुग्न सुनिश्चित गर्न सबै देशहरूले उनीहरू मेडिकल र स्वास्थ्य उत्पादनहरूमा छन् भनेर सुनिश्चित गर्नु आवश्यक रहेको बताउदै व्यापार प्रतिबन्धित नगर्न अनुरोध गरे । यसैबीच विश्व बैंकका अध्यक्ष डेभिड मालपासले एक भर्चुअल प्रेस सम्मेलनमा ठूला देशहरूले यस्तो समयमा अगाडि आउने र बजारलाई बन्द गर्न संकटको प्रयोग नगर्ने वाचा लिनुपर्नेमा जोड दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]