Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

विपन्न बर्ग र लघुउद्यमीलाई लक्षित गरी आरबीआईले ल्यायो ५० हजार करोडको नयाँ राहत

२०७७ बैशाख ५ गते

बैंकिङ खबर । भारतीय केन्द्रीय बैंकले विपन्न बर्गलाई लक्षित गरी नयाँ राहतको प्याकेज ल्याएको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ५० हजार करोडको नयाँ आर्थिक प्याकेज घोषणा गरेको हो । आरबीआईको यो दोस्रो राहत प्याकेज हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले ५० हजार करोड रुपैयाँ लगानी गर्ने र त्यसमध्ये अधिकाँस विपन्न बर्गमा लैजाने बताए । जसअनुसार कृषि र ग्रामीण विकासका लागि २५ हजार करोड, साना उद्योग विकास बैंकलाई १५ हजार करोड र राष्ट्रिय आवास बैंकलाई १० हजार करोड रहेको छ । उनले भारतीय अर्थतनत्रमा खराब आउन नदिन विभिन्न रणनीति बनायएको उल्लेख गर्दै नआत्तिन र सावधानी अपनाउन सबैलाई आग्रह गरे ।

आर्थिक सन्तुलनका लागि चौतर्फी रणनीति

भारतको रिजर्व बैंकको नीतिगत समीक्षा बैठकले कोभिड १९ महामारीको प्रतिकूल असरहरुलाई कम गर्न चौतर्फी उपायहरु आवश्यक रहेको निश्कर्ष निकालेको छ । यस अवस्थालाई ध्यानमा राखी रिजर्व बैंकले आर्थिक बृद्धि र वित्तीय स्थिरता कायम गर्न सक्षम हुनका लागि आवश्यक सबै कदम चाल्ने भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर शाक्तिकांत दासको अध्यक्षतामा रहेको मौद्रिक नीति समितिको बैठकले अनुमान गरिए भन्दा धेरै बढी आर्थिक अबस्था कम्जोर हुने अनुमान गरेको छ । बैठक पछि आरबीआईले प्रमुख नीतिदर ’रेपो’ मा ०.७५ प्रतिशतले घटाएर ४.४० प्रतिशत र रिभर्स रेपो दर ०.९० प्रतिशतले घटाएर ४ प्रतिशतमा ल्याइएको छ । दासका अनुसार भारतमा पनि अल्पकालिन अवधिको वृद्धि अनुमानमा ठूलो गिरावट आएको छ । सुरुमा विश्वव्यापी गिरावट र कोविड १९ को संक्रमणको वृद्धिका कारण र यस पछि महामारीलाई रोक्न सरकारले देशव्यापी लकडाउन घोषणा गरेपछि यस्तो अवस्था भइरहेको देखिएको हो । मुद्रास्फीतिबारे पनि दासले परिदृश्यमा व्यापक बदलाव आएको जनाएका छन् । कमजोर जीडीपी मागले मुद्रास्फीति नियन्त्रण गर्न मद्दत गर्दछ । गभर्नरले कोभिड १९ लाई मानव जीवन र व्यापक अर्थव्यवस्थालाई तहसनहस गर्नु अघि नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।