April 16th, 2020

चिनियाँ अर्थतन्त्रमा ३० बर्ष यताकै ठुलो पहिरो, ८.२ प्रतिशतले गिरावट

बैंकिङ खबर । कोरोना भाइरसको प्रकोपले विश्वभरिका अर्थव्यवस्थाहरूमा क्षति गरीरहेको छ । यस विश्वव्यापी महामारीका कारण पछिल्लो ३० बर्षमा चीनको अर्थतन्त्रमा पहिलो पटक गिरावट आएको छ । चीनमा गत वर्ष डिसेम्बरबाट कोरोना भाइरसका केसहरू देखिएका थिए । यसको संक्रमण धेरै फैलिन थालेपछि चीनमा धेरै ठाउँमा लकडाउन गरीयो । लकडाउनका कारण औद्योगिक गतिविधिमा अवरोध आएको कारण तीन दशकमा पहिलो पटक चिनियाँ अर्थव्यवस्थामा गिरावट आएको हो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र यो बर्षको पहिलो तीन महिनामा अर्थात् मार्चको त्रैमासिकमा गिरावट आएको छ । समाचार एजेन्सी एएफपीले गरेको अर्थशास्त्रीहरूको सर्वेक्षणमा यस्तो विश्लेषण भएको छ । सर्वेक्षणमा यो गिरावटको कारण लकडाउन भएको जनाइएको छ । विज्ञहरुका अनुसार मार्चको त्रैमासिक अवधिमा चिनियाँ अर्थतन्त्रमा ८.२ प्रतिशतले गिरावट आएको छ । तीन दशकमा यो पहिलो पटक चिनियाँ अर्थव्यवस्थामा गिरावट आएको देखिएको छ । विज्ञहरूले चीनको पुरै वर्षको जीडीपी वृद्धि दर १.७ प्रतिशत हुने अनुमान गरेका छन्, जुन गत वर्षको तुलनामा धेरै कम हो । यदि यो अनुमान सही भएमा यो वर्ष १९७६ पछिको चीनको सबैभन्दा कम वार्षिक जीडीपी वृद्धि हुनेछ । गत वर्ष चीनको जीडीपी वृद्धि ६.१ प्रतिशत थियो ।
अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२० को लागि चीनको जीडीपी वृद्धि आंकडा सार्वजनिक गरेको थियो । आईएमएफले १।२ प्रतिशत अनुमान गरेको थियो, जुन एकदम कम हो । यस्तै, आईएमएफले विश्वव्यापी जीडीपी वृद्धिदरमा यस वर्ष ३ प्रतिशत गिरावटको पूर्वानुमान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]