April 14th, 2020

आइएमएफले नेपालसहित २५ सदस्य देशका लागि ५० करोड डलर दिने

बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले २५ विकासशील मुलुकका लागि आपतकालीन सहुलियत सहयोगको घोषणा गरेको छ। जसमा नेपाल पनि परेको छ । कोरोनाको महामारीबाट प्रभावित विपन्न मुलुकका लागि प्याकेज ल्याइएको आइएमफकी प्रबन्ध निर्देशक क्रस्टालिना जर्जिएभले बताएकी हुन्। नेपाल सहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता गर्ने उदेश्य स्वरुप यस सहयोगको घोषणा गरीएको हो ।
जर्जिएभाले विज्ञप्ति जारी गर्दै आइएमएफ कार्यकारी समितिले आफ्ना २५ सदस्य राष्ट्रको पुनरोत्थानका लागि महामारी रोकथाम तथा राहत कोष स्वीकृत गरेको जनाएकी छन्। यसले तत्काल ५० करोड अमेरिकी डलर उपलब्ध गराउनेछ।
सहयोग पाउने देशहरुमा नेपालसहित अफगानिस्तान, बेनिन, कंगो, रुवान्डा, ताजिकिस्तान, टोगो,यमन र अन्य देशहरु समावेश छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]