Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

संयुक्त राष्ट्र संघद्धारा भारतको जीडीपी घट्ने अनुमान

२०७६ चैत्र २८ गते

संयुक्त राष्ट्र संघकोे एक रिपोर्ट अनुसार चालू आर्थिक वर्षमा भारतको जीडीपी वृद्धि दर घटेर ४.८ प्रतिशत रहने अनुमान गरीएको छ । साथै प्रतिवेदनले चेतावनी दिदै कोरोनाभाइरस महामारीको कारणले विश्वव्यापी रूपमा गम्भीर आर्थिक क्षति हुने जनाएको छ ।

भारतको विकास दर घटेर ४.८ प्रतिशतमा आउन सक्ने अनुमान : संयुक्त राष्ट्र संघ
संयुक्त राष्ट्र संघकोे रिपोर्ट ‘एशिया र प्रशान्तको आर्थिक र सामाजिक सर्वेक्षण २०२० मा कोभिड १९ को  दूरगामी आर्थिक र सामाजिक परिणाम रहेको र सीमापार व्यापार, पर्यटन र वित्तीय सम्बन्ध सबैभन्दा प्रभावित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा चालू आर्थिक वर्ष २०२०–२१ को अवधिमा भारतको विकास दर ४.८ प्रतिशतमा झर्ने अनुमान गरिएको छ र आर्थिक वर्ष २०२१–२२ को वृद्धि दर ५.१ प्रतिशत हुन सक्नेछ ।
रीपोर्टमा यो अत्यन्त प्रारम्भिक पूर्वानुमानहरू रहेको जुन मार्च १० सम्म उपलब्ध डाटा र जानकारीमा आधारित रहेको जनाइएको छ । उक्त प्रतिवेदनले कोभिड १९ को महामारी अझै छिटो बढ्ने भएकोले एशिया र प्रशान्त महासागरको अर्थतन्त्रमा यसको नकारात्मक असर धेरै हुने सम्भावना रहेको देखाएको छ । प्रतिवेदनका अनुसार भारतको आर्थिक वृद्धि अनुमान अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ र बेरोजगारीले पनि उपभोक्ताको भावनालाई असर गरेको छ ।
प्रतिवेदन अनुसार भारतले निर्यातको साथै कृषि गतिविधिसँग सम्बन्धित चुनौतीहरूको सामना गरिरहेको छ ।