April 10th, 2020

संयुक्त राष्ट्र संघद्धारा भारतको जीडीपी घट्ने अनुमान

संयुक्त राष्ट्र संघकोे एक रिपोर्ट अनुसार चालू आर्थिक वर्षमा भारतको जीडीपी वृद्धि दर घटेर ४.८ प्रतिशत रहने अनुमान गरीएको छ । साथै प्रतिवेदनले चेतावनी दिदै कोरोनाभाइरस महामारीको कारणले विश्वव्यापी रूपमा गम्भीर आर्थिक क्षति हुने जनाएको छ ।

भारतको विकास दर घटेर ४.८ प्रतिशतमा आउन सक्ने अनुमान : संयुक्त राष्ट्र संघ
संयुक्त राष्ट्र संघकोे रिपोर्ट ‘एशिया र प्रशान्तको आर्थिक र सामाजिक सर्वेक्षण २०२० मा कोभिड १९ को  दूरगामी आर्थिक र सामाजिक परिणाम रहेको र सीमापार व्यापार, पर्यटन र वित्तीय सम्बन्ध सबैभन्दा प्रभावित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा चालू आर्थिक वर्ष २०२०–२१ को अवधिमा भारतको विकास दर ४.८ प्रतिशतमा झर्ने अनुमान गरिएको छ र आर्थिक वर्ष २०२१–२२ को वृद्धि दर ५.१ प्रतिशत हुन सक्नेछ ।
रीपोर्टमा यो अत्यन्त प्रारम्भिक पूर्वानुमानहरू रहेको जुन मार्च १० सम्म उपलब्ध डाटा र जानकारीमा आधारित रहेको जनाइएको छ । उक्त प्रतिवेदनले कोभिड १९ को महामारी अझै छिटो बढ्ने भएकोले एशिया र प्रशान्त महासागरको अर्थतन्त्रमा यसको नकारात्मक असर धेरै हुने सम्भावना रहेको देखाएको छ । प्रतिवेदनका अनुसार भारतको आर्थिक वृद्धि अनुमान अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ र बेरोजगारीले पनि उपभोक्ताको भावनालाई असर गरेको छ ।
प्रतिवेदन अनुसार भारतले निर्यातको साथै कृषि गतिविधिसँग सम्बन्धित चुनौतीहरूको सामना गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]