April 6th, 2020

फ्रान्स दोस्रो विश्‍वयुद्ध पछिको ठूलो आर्थिक मन्दीमा

बैंकिङ खबर । कोरोनाभाइस सङ्क्रमण रोक्न लकडाउनको गर्नुपरेकोले फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले बताएका छन् । उनका अनुसार हाल फ्रान्सको आर्थिक वृद्धि माइनस २ दशमलब २ प्रतिशतभन्दा कम भइसकेको छ । जुन सन् २००९ को विश्वव्यापी आर्थिक संकटका बेलाको भन्दा पनि कम हो । मायरका अनुसार सन् २००९ मा सम्भवत माइनस २ दशमलब २ प्रतिशतभन्दा बढी रहेको थियो । हाल त्यो भन्दा कम छ । यसले निकै ठूलो आर्थिक संकटको साना गरिरहेको देखाउँने उनको भनाई छ । कोरोना भाइरसको त्यहाँ उद्योग र निर्माणका गतिबीधीहरुमा ठुलो चोट परेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]