Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ईसेवाको दोहोरो चरित्र : समाचार ह्याक गरेको स्वीकारे पनि घटनाबाट उम्कने प्रपन्च

२०७६ चैत्र २१ गते

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीले इसेवाबाट एक विज्ञप्ति प्रकाशित गरी समाचार हटाइएको कुरालाई अस्वीकार गर्दै समाचार हटाउनुमा आफ्नो संलग्नता नभएको दावी गरेको छ । ट्वीट मार्फत समाचार हटाएको स्वीकार गरेको कम्पनीले अर्को बाटोबाट जोगिने प्रयास गरेको छ । विना छाप र हस्ताक्षर विनाको प्रेस विज्ञप्ति सूचना तथा संचार शाखाको नामबाट विभिन्न मिडियाहरुलाई पठाइएको छ । उक्त विज्ञप्तिमा समाचार हटइएको न्यूज पोर्टल र आफ्नो कम्पनीबिच कुनै सम्बन्ध नभएको उल्लेख गरिएको छ ।
यस अघि उनको कम्पनीसँग जोडिएको सिरान टेक्नोलोजीले काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार ह्याक गरेको स्वीकार गरेको थियो । प्रधानमन्त्री कार्यालय र सल्लाहकारहरुले स्वास्थ्य सामग्री गरिदमा भ्रष्ट्राचार गरेको विषयलाई लिएर काठमाडौं प्रेस अनलाइनमा समाचार प्रकाशित भएको थियो । पछि समाचार सिरान टेक्नोलोजीले ह्याक गरी डिलिट गरेको थियो । उक्त अनलाइनको सिरान टेक्नोलोजीले आइटिको जिम्मेवारी लिएको थियो । सिरान टेक्नोलोजीका तर्फबाट एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले ट्वीटरमार्फत सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका थिए । त्यसको लगत्तै इसेवाले अर्को विज्ञप्ति निकालेको छ ।

यो पनि

‘ईसेवा’माथि उठ्यो गम्भिर प्रश्न : बैंकिङ क्षेत्रनै तरंगित !

 

 

Ad