April 3rd, 2020

‘ईसेवा’माथि उठ्यो गम्भिर प्रश्न : बैंकिङ क्षेत्रनै तरंगित !

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको आइटी समुहप्रति सिंगो बैंकिङ तथा वित्तीय क्षेत्र सशंकित भएको छ । उक्त समुहले अनलाइन न्युज पोर्टल काठमाडौँ प्रेस ‘ह्याक’ गरेर समाचार डिलेट गरेपछि चौतर्फी छानविनको माग बढीरहेका बेला वित्तीय क्षेत्र नै तरंगीत भएको छ । समाचार ह्याक गर्ने उक्त समुहले विभिन्न बैंकिङ क्षेत्रको पनि आइटिको काम गर्छ । साथै सोही समुहले ईसेवा पे को समेत संचालन गर्दै आएको छ । जुन कम्पनीका मालीक प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अली हुन् । काठमाडौँ प्रेसले ‘प्रकाशन गरेको समाचारमा ‘महंगो मूल्यमा स्वास्थ्य सामग्री खरिद गर्ने काममा ‘रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको संलग्नतामा उक्त काम भएको उल्लेख गरिएको समाचार अनधिकृत रुपमा डिलेट भएको काठमाडौं प्रेसले विज्ञप्ति मार्फत जनाएपछि यसको रहस्य खुलेको हो । यो समाचार डिटिल गर्ने अस्गर अलीको समूहले अनधिकृत काम गरिरहेको भन्दै उनीद्धारा संचालीत विद्युतीय भुक्तानी सेवाप्रदायक इसेवाको लाइसेन्स खारेजीको माग गर्न थालीएको छ । कैंयौ ग्राहकहरुले सामाजिक संजालमा ईसेवा बहिस्कारको अभियान चलाएका छन् । वेबसाइट ह्याक गर्ने कम्पनीले बैंकिङ क्षेत्रको समेत आइटीको काम गर्दै आएका कारण उक्त समुहद्धारा संचालीत बैंकहरुको आइटि सिष्टममाथि समेत गम्भिर प्रस्न उठेको छ ।

ईसेवा कम्पनीले गर्यो ह्याकरको काम
काठमाडौं प्रेस अनलाइनले प्रकाशन गरेको समाचार विभिन्न मिडियाले पनि प्रकाशित गरेका थिए । उक्त अनलाइन पत्रिकाले प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार सुरुमा प्रकाशित गरेको थियो। पछि यो कुरा विविभन्न संचारमाध्यममा फैलिएएपछि सरकार खरिद प्रकृया नै रद्ध गर्न बाध्य भयो । यो सबै काम मिलाउनका लागि सिरान टेक कम्पनीको प्रयोग भएका थियो । सिरान टेक कम्पनी र इसेवाका संचालक अस्गर अली हुन् । उनी प्रधानमन्त्रीका आइटी विज्ञ का रुपमा काम गरीरहेका छन् । उनको कम्पनीले समाचार डिलिट गरेको स्वीकार गरिसकेको छ । यस घटनामा नेपाल पत्रकार महासंघ, अनलाइन पत्रकार संघ लगायतमा संचार माध्यमहरुले आपत्ति प्रकट लगरेका छन् । इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्दै आएका छन् । काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन र डेभलपमेण्ट सोही सिरान टेकलेले गरेको जनाइएको छ । उक्त अनलाइनमा अलीको नाम मुछिएपछि अलीले सोही अनलाइनको सिस्टम भित्रै गएर सो समाचार हटाउनका साथै २ घन्टा न्यूज पोर्टल नै बन्द गरेको काठमाडौंप्रेसले जनाएको छ । सुरुमा सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन काठमाडौँ प्रेसका सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ । तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएपछि अस्गर अलीकै आदेशमा समाचार डिलिट भएको बताइएको छ ।

इसेवामाथि गम्भिर प्रश्न
ईसेवाको ग्राहकहरुले सुरुमा ग्राहक बन्दा नै सम्पूर्ण ब्यक्तिगत जानकारी र बैंकिङ्ग जानकारीसम्म सबै भर्नुपर्ने हुन्छ । समाचार समेत डिलिट गर्ने काममा सक्रिय हुने कम्पनीले कसरी वित्तीय सेवामा इमान्दारीता प्रकट गर्न सक्छ ? अहिले चौतर्फी रुपमा इसेवानै खारेज गर्नुपर्ने आवाज उठेको छ । इसेवाका ग्राहकहरुले अहिले इसेवा एप डिलिट गर्ने अभियान र बहिस्कार गर्ने अभियान सुरु गरेका छन् । सामाजिक संजालभरी यसको विरोध भएको छ । आधुनिक बैंकिङको अभ्यास र कार्यान्वयन गर्ने काममा विभिन्न वालेट कम्पनीहरु सक्रिय छन् । प्रभु पे, खल्ती, आइएमई पे र इसेवाले गर्ने काम एउटै हो ।  अहिले इसेवा प्रयोगकर्ताले उक्त एप डिलिट गरी अन्य एपबाट सेवा सूचारु गर्न थालेका छन् । वित्तीय क्षेत्र र वित्तीय सेवा सबैभन्दा इमान्दारीतामा रहनुपर्ने हुन्छ । नेपालमा यस अघि विभिन्न क्षेत्रबाट एटीएम समेत ह्याक भएका घटनाहरु छन् । यो समाचार डिलिट प्रकरण पनि एउटा ह्याक कै शैलीमा आएको सरोकारवालाहरु बताउँछन् । उनीहरुका अनुसार इसेवा अन्तरगतको सो कम्पनीले विभिन्न बैंकहरुको समेट डाटा राख्ने गरेको छ भने कतिपय बैंकहरुसँग प्रत्यक्ष जोडिएर काम गरेको छ । कुनै समयमा कुनै बैंककै डकुमेन्ट ह्याक गर्ने त होइन ? वित्तीय क्षेत्रमा उठेको प्रस्न हो यो । यस प्रकरणले ई–सेवाका कम्पनीले डेभलप गरेका विभिन्न बैंकको मोबाइल बैंकिङ तथा एप्लीकेशनको प्रयोगमा समेत प्रश्न उठेको छ । यस्ता एप्स्मा ग्राहकको सम्पूर्ण बैंकिङ विवरण हुन्छ । ब्यालेन्स, कारोबार, लगायतका विवरण रहने भएको हुँदा आफैले तयार गरेको साइटमा आफैले ह्याक गरेको यो समाचारले त्रसित बनाएको छ । यो विषय नेपाल राष्ट्र बैंक समक्ष पुगीसकेको छ । सत्ता र शक्तिको आडमा भएको उक्त घटनाले वित्तीय क्षेत्रमा आशंका उत्पन्न गर्नुका साथै इसेवाको लाइसेन्स खारेजीसम्मको आवाज उठेको छ ।

कानूनमा के छ ?
यस्ता घटनामा संलग्नलाई दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ । यो घटना साइबर क्राइम अन्तरगतको घटना हो । विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४६ मा ‘कुनै व्यक्तिले कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि नोक्सानी पुर्याउने मनसाय राखी जानी–जानी कम्प्युटर सम्पदामा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पुर्याएमा, मेटाएमा, हेरफेर गरेमा, काम नलाग्ने बनाएमा वा त्यस्तो सूचनाको मूल्य र प्रयोगको महत्वलाई ह्रास गराएमा वा हानिकारक प्रभाव पारेमा वा कसैलाई त्यस्तो काम गर्न लगाएमा निजलाई दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’ भनिएको छ ।

समाचार ह्याकरद्धारा गल्ती गरेको स्वीकार
इसेवा कम्पनीसँग जोडिएको सिरान टेक्नोलोजीले काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार ह्याक गरेको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीसहितका व्यक्तिको संलग्नतामा स्वास्थ्य सामग्री खरिदबारे काठमाडौंप्रेसले समाचार प्रकाशित गरेको थियो । सो समाचार सिरान टेक्नोलोजीले ह्याक गरी डिलिट गरेको थियो । उक्त अनलाइनको सिरान टेक्नोलोजीले आइटिको जिम्मेवारी लिएको थियो । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले ट्वीटरमार्फत सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका हुन् । एफवान सफ्टको भातृ कम्पनी हो जसमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली संचालक छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]