बैंक तथा वित्तीय संस्थाको कुल पुँजी र लगानी

बैंकिङ खबर/ चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल पुँजी ७ खर्ब १९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १३.३७ प्रतिशत हो । २०८० असार मसान्तसम्म ६ खर्ब ८३ अर्ब १२ करोड हाराहारी रहेको बैंक तथा वित्तीय संस्थाहरूको कुल पुँजी समीक्षा अवधिमा ५.३६ प्रतिशतले […]


फोर्स मर्जर: १ सय ९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको फोर्स मर्जरका कारण १ सय ९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्त रिपोर्ट तथा बैंक तथा वित्त कम्पनीहरूको सङ्ख्यात्मक एवं गुणात्मक स्थितिको जानकारी दिँदै केन्द्रीय बैंकले वित्त संस्थाहरूबिचको मर्जरको नीतिलाई थप निरन्तरता दिने बताएको हो । शुक्रबार ६९ औँ वार्षिकोत्सव […]


अर्थतन्त्र मिश्रित अवस्थामा छ, मूल्यवृद्धि वाञ्छित सीमाभित्रै : गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिले मिश्रित रहेको बताएका हुन्। ‘समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि […]


कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गरौंः डेपुटी गभर्नर ढुंगाना

बैंकिङ खबर/राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएकी छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समाराेहमा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । उनले आर्थिक श्रृङ्खलामा अवरोध आउँदा पनि राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको बताइन् । डेपुटी गर्भनर ढुंगानाले अहिले बैंकिङ क्षेत्रमा अराजकता बढेको बताउँदै […]


कर्जा असुली सहज हुँदै जान्छः गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा क्रमश सुधार हुँदै जाने बताएका छन् । राष्ट्र बैंकको ६९ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ब्याजदर घट्दो क्रममा रहेकोले अब आर्थिक गतिविधि क्रमश सुधार हुँदै जाने बताएका हुन् । चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको उनले बताए । […]


यो वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुन्छः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका छन् । उनले अहिलेको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको बताए । कार्यक्रममा अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि […]


नेपाल राष्ट्र बैंक ६९ औं वर्षमा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक ६९ औं वर्षमा प्रवेश गरेको छ । ६९ औं वर्षको अवसरमा आज बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुने छ । यस्तै ६९ औं वर्षको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति […]


वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्ध छः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक प्रतिवद्ध रहेको बताएका छन् । राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा शुभकामना संदेश दिंदै उनले यस्तो बताएका हुन् । साथै उनले मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन राष्ट्र बैंक सदा समर्पित रहने प्रतिवद्दता जनाएका छन्। शुभकामना संदेशमा […]


घट्यो बैंकहरुको बेस रेट, तीन वटा बैंकको बाहेक सबैको रेट एकल अंकमा

बैंकिङ खबर/ वैशाखमा वाणिज्य बैंकहरुको आधार दर बेस रेट घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशतले घटेको छ भने औसत आधार दर ८.७५ प्रतिशत रहेको छ । चैत महिनामा भने वेस रेट ९.०६ प्रतिशत थियो । कुुमारी, हिमालयन र प्राइम कमर्सियल बाहेक अन्यको बेस रेट एकल अंकमा आएको छ । स्टाण्डर्ड […]


बढ्न थाल्यो तरलता, ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि […]