April 26th, 2024

नेपाल राष्ट्र बैंक ६९ औं वर्षमा

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक ६९ औं वर्षमा प्रवेश गरेको छ । ६९ औं वर्षको अवसरमा आज बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुने छ ।

यस्तै ६९ औं वर्षको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंक सदा समर्पित रहेको बताएका छन् ।

वार्षिकोत्सव कार्यक्रममा सहभागिताको लागि राष्ट्र बैंकका पूर्व गभर्नरहरु, पूर्व डेपुटी गभर्नरहरु, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरुलाई  निमन्त्रणा पत्र पठाई सकिएको विभागले जनाएको छ । कथंकदाचित उक्त निमन्त्रणा पत्र प्राप्त हुन नसकेको भए सार्वजनिक सूचनालाई निमन्त्रणा मानी सो समारोहमा उपस्थित भईदिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरुले पनि विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउँदै छन् । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको हो ।