Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घट्यो बैंकहरुको बेस रेट, तीन वटा बैंकको बाहेक सबैको रेट एकल अंकमा

२०८१ बैशाख १३ गते

बैंकिङ खबर/ वैशाखमा वाणिज्य बैंकहरुको आधार दर बेस रेट घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशतले घटेको छ भने औसत आधार दर ८.७५ प्रतिशत रहेको छ । चैत महिनामा भने वेस रेट ९.०६ प्रतिशत थियो ।

कुुमारी, हिमालयन र प्राइम कमर्सियल बाहेक अन्यको बेस रेट एकल अंकमा आएको छ । स्टाण्डर्ड चार्टर्ड बैंकको आधारदर सबैभन्दा कम ७.३६ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्इ बैंकको आधार दर ७.४२ प्रतिशत, एभरेष्ट बैंकको ७।५३ प्रतिशत रहेको छ । यी बाहेक १५ वटा वाणिज्इ बैंकको आधार दर भने ८ देखि १० प्रतिशत कायम भएको छ ।