बैंकिङ खबर / तिहारको सार्वजनिक बिदामा पनि भन्सार जाँचपाससँग सम्बन्धित बैंकिङ कारोबार रोकिने छैन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कात्तिक २२ देखि २६ गतेसम्म भन्सार प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
भन्सार विभागको आग्रहपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको हो । मालवस्तुको भन्सार जाँचपासमा अवरोध हुन नदिन, आयात-निर्यात व्यापारलाई सहज बनाउन र आपूर्ति प्रणालीलाई निरन्तरता दिन बिदाका दिनमा समेत सेवा उपलब्ध गराउन भनिएको छ ।
यस व्यवस्थाले तिहार बिदाका कारण भन्सार जाँचपास प्रभावित हुन नदिई व्यापारिक कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।