April 2nd, 2020

नेपालको आर्थिक बिकासमा सहकारी क्षेत्रको भुमिका


सुशील भट्टराई
बिषय प्रवेश :
आर्थिक विकास एक बहुउद्घेश्ययी, बहुक्षेत्रीय, बहुआयमीक अवधारणा हो । यसले अर्थतन्त्रको समृद्घिको अवस्था सिर्जना गर्दछ । यसमा भौतिक तथा मानविय पक्षको विकास पनि समावेश हुन्छ । कृषि, उधोग, पर्यटन, व्यापार, रोजगारी, जलबिधुत, यातयात, खानेपानी जस्ता क्षेत्रहरुमा हुने दिगो गुणात्मक र परिमाणात्मक रुपमा आउने सकरात्मक परिवर्तन नै आर्थिक बिकास हो । देशको नागरिकको प्रतिव्यक्ती आयमा वृद्धि हुनु, राष्ट्रिय आयमा वृद्धि, मानव बिकाश सुचाङक उच्च हुनु नागरिकको जिवन स्तरमा सकारात्मक परिवर्तन आई देश समृद्धि तर्फ लम्कदै देश आत्मनिर्भर हुनु नै आर्थिक विकास हो ।

सहकारी :
राज्यले अबलम्बन गरेको तिन खम्बे अर्थनीती सार्वजनिक, निजी र सहकारी मध्ये एक खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिएको छ । सहकारी क्षेत्रले सहकारीको मुल्य मान्यता र सिदान्त अनुरुप देशका कृषक, कालीगढ, श्रमीक, न्युन आय भएका समुह एवम् सिमान्तकृत समुदाय, सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्वन र पारस्परीकताको आधारमा एकिकृत गदै सदस्यको आर्थिक, सामाजिक तथा सास्कृतिक उन्यन गर्न समुदायमा आधारीत, सदस्य केन्द्रित लोकतान्त्रिक ,स्वायत्तता, स्वशासीत सङगठन जसले सदस्यको आत्मनिर्भर, दिगो एवम् समाजवाद उन्मुख, राष्ट्रिय अर्थतन्त्रको विकास गर्न एक पहरेदारीको भुमिका निर्वाह गर्दै आएको छ ।

हाल ३४,५१२ विभिन्न प्रकृतिका प्रारभिम्क सहकारी संस्था, ७७ जिल्ला सहकारी संघ, ३२८ विषगत जिल्ला सहकारी संघ, २० बिषयगत केन्द्रिय सहकारी संघ, एक राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय स‘हकारी महासंघ रहेका छन् । अन्तराष्ट्रिय सहकारी महासंघमा नेपाल आबद्ध भएको छ, प्रारम्भिक संस्थामा करिव ६३ लाख सदस्य रहेका छन् । सहकारी संस्थाको कुल पुँजी ७३ अर्व र परिचालीत बचत ३ खर्व २ अर्व रहेको छ । सहकारी संघ संस्थाबाट २७३ अर्व ऋण लगानी परिचालन भएको छ । यस क्षेत्रले करिव ६१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनुको साथै लाख संख्यामा अप्रत्यक्ष रोजगारीको सिर्जना गरेको छ । बित्तीय पँहुच, महिला सशक्तीकरण, नेतृत्व विकाश तथा क्षमता विकाश, सामाजिक एकिकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्युनीकरणमा यस क्षेत्रको महत्वपुर्ण योगदान छ । यस क्षेत्रमा प्राप्त उपलब्धी को सम्बद्र्धन गदै सहकारी आन्दोलनको स्वस्थ बिकासलाई प्रोत्साशित गर्नु वाञ्छनीय देखीन्छ ।

आर्थिक बिकास र सहकारी क्षेत्र
सरकारी क्षेत्र र निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा सहकारीको माध्यमबाट देशको आर्थिक
मा योगदान गर्न सकिन्छ । सहकारी क्षेत्रलाई लद्युवित्त कारोवारसगैं उत्पादन बजारीकरण र सेवा प्रवाह संलग्न गराउदै उत्पादत्व र रोजगारी वृद्धिबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान प्रशंसनीय नै छ । यस सन्दर्भमा निम्नअनुसार बुदागत रुपमा स्पष्ट पार्न सकिन्छ ।
स्थानीय स्रोत, श्रम सिप र पुँजीको अधिकतम परिचाललन मार्फत आर्थिक सामाजीक रुपान्तरणको रुपमा रही आएको ।
सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकाश र बिस्तार गरी मुलको दिगो र समतामुलक आर्थिक र सामाजीक विकासमा योगदान पुर्याएको,
उद्यमशीलताको बिकाश र स्थानीय पर्यटन प्रवर्दनमा योगदान,
वित्तिय सेवाको पँहुच र आर्थिक सामाजीक समावेशीकरणलाई प्रोत्साहति गरेको,
स्वरोगजारीको सिजर्ना गरि गरिबी निवारण गर्नका लागी सहयोग गरेको
व्यवसायको संस्कृत र प्रवृतिको बिकाश गर्न,
साना तथा आत्मनिर्भर मुखी व्यवसायको सञ्चालन गर्नको लागी
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न साना किसानहरुलाई सहकारीको माध्यमबाट एकीकृत गरि ठुलो आकारको खेती गदै वहुत परिमाणमा कृषि उत्पादन, प्रशोधन र बजारीकरण गर्नका लागी भुमिका निर्वाह गरेको ।

निष्कर्ष :
नेपालको संविधानले अंगीकार गरेको नीती तथा कानुनी ब्यवस्थाले निदिष्ट गरे बमोजिम सहकारी क्षेत्रले सहकारी मुल्य मान्यता र सिद्घान्तको अनुशरण तथा पारस्पारीकता र स्वावलम्नको संस्कार विकास गदै समग्र विकास प्रकियामा सहयोगी भुमिका निर्वाह गरेको छ, विकास सम्बन्धी सोच, निती र योजना बमोजिम लक्ष्य तथा उद्देश्य हासील गर्न देशको आर्थिक तथा सामाजीक विकासमा सहयोग र सहकार्य गर्ने यस क्षेत्रको ठुलो योगदान छ ,यस क्षेत्रले सहकारी संस्थामा सुशासन कायम गदै स्थानीय स्रोत साधन, श्रम सिप र पुँजीलाई ब्यापक रुपमा परिचालन गरी रोगगारी तथा आय वृद्धि र गरिबी निवारण गर्न सहयोग गर्दै यस क्षेत्रले मानविय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गदै सदस्यहरुको सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासील गर्न सहयोग गर्दछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]