बैंकिङ खबर/ चालु आर्थिक वर्षको १० महिनामा ४५ अर्ब रुपियाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको एक रिपोर्टले देखाएको छ । उद्योग विभागको रिपोर्ट अनुसार चालु आवको साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । गत चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ लगानी भित्रिएको थियो । वैशाखमा ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । १० महिनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा १६ परियोजनामा २२ अर्ब आठ करोड लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटनमूलक क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख, सेवामूलक ५५ परियोजनाका लागि चार अर्ब २३ करोड २४ लाख, उत्पादनमूलक ४२ परियोजनामार्फत दुई अर्ब ७० करोड, पूर्वाधारका एक परियोजनामा एक अर्ब ६५ करोड, सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख, ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख तथा खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
ट्यागहरू:
