March 28th, 2020

विश्व अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ : आईएमएफ प्रमुख

कोरोना भाइरसको कारण हाल करीव ५९६,८३९ जना संक्रमित छन्, जबकि यसको कारण मरेकाहरूको संख्या २७,३५३ भन्दा पर पुगेको छ । विश्वव्यापी आर्थिक गतिविधि मन्द भएको समयमा अब उदायमान बजारलाई २,५०० अरब डलरको कोषको आवश्यक्ता पर्न सक्छ ।

अन्तर्रा्ष्ट्रिय मुद्रा कोषकी प्रमुख किस्टालिना जर्जियावाका अनुसार कोरोना भाइरस महामारीले विश्वव्यापी अर्थतन्त्रलाई मन्दीमा र्पुयाइरहेको छ र विकासशील देशहरूलाई सहयोग गर्नका लागि अब ठूलो रकमको आवश्यक्ता पर्न सक्छ । उनको अनुसार यो स्पष्ट भइसकेको कि हामी अब मन्दीको अवधिमा प्रवेश गरिरहेका छौं । वर्तमान अवस्था २००९को विश्वव्यापी वित्तीय संकट भन्दा पनि नराम्रो भएको छ ।

उनको अनुसार विश्वभरि कोरोना महामारीको कारण आर्थिक गतिविधिहरू अचानक बन्द भएको छ । यसको कारण, उदायमान बजारलाई अब २,५०० अरब डलर कोषको आवश्यक्ता पर्न सक्छ । तै पनि यो संख्या कम भएको र अहिले सम्म ८० भन्दा बढी देशहरूले आपतकालीन सहायता प्रदान गर्न अन्तर्रा्ष्ट्रिय मुद्रा कोषलाई अनुरोध गरेका छन् । कोरोना महामारीबाट अर्थव्यवस्था बचाउन विश्वभरबाट विशेष प्याकेज घोषणा भइरहेको छ । अमेरिकाले कोरोना बिरूद्धको युद्धमा २ खरब डलरको विशेष प्याकेज घोषणा गर्ने छ, यसबारे मतदान प्रक्रिया भइरहेको छ । -एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]