March 26th, 2020

भारतमा लकडाउनबाट प्रभावितहरुका लागि राहत प्याकेजको घोषणा

बैंकिङ खबर । भारतीय अर्थमन्त्री सीता रमण र वित्त राज्य मन्त्री अनुराग ठाकुरले आज प्रधानमन्त्री गरिब कल्याण स्किमको घोषणा गरेका छन् ।
यस अनुरुप भारतले आफ्ना नागरिकलाई तीन महिनासम्म निशुल्क रुपमा चामल, गहुँ र दाल दिने भएको छ । एकजना ब्यक्तिका लागि ५ किलो गहुँ एक परिवारलााई एक किलो दाल र ५ किलो चामल सित्तैमा दिने घोषणा गरिएको छ । आगामी तीन महिनासम्म यस्तो रासन को ब्यबस्था गरिने बताइएको छ ।
यस्तै, भारतले कोरानो भाइरसको संक्रमितलाई ५० लाख रुपैयँसम्मको बीमाको घोषणा समेत गरेको छ ।
सरकारले कसैलाई पनि भोको नराख्ने बताउँदै भारतीय अर्थमन्त्रीले गरिबहरुकालागि बैंक खातामा नगद ट्रान्सफर पनि गर्ने बताएकि छिन् ।
भारतमा भएको लकडाउनबाट गरिब र दैनिक मजदुरी गरेर बाच्ने वर्ग प्रभावित भएको भन्दै यस्तो स्किम ल्याइएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]