March 15th, 2020

माइक्रोसफ्ट छोड्दै बील गेट्स

बैंकिङ खबर । माइक्रोसफ्टका संस्थापक बील गेट्सले माइक्रोफ्ट बोर्ड छोड्ने भएका छन् । कम्पनीले शुक्रबार सो घोषणा गरेको छ । विश्वकै दोस्रो धनी बील गेट्स माइक्रोसफ्टका साथै बर्कसायर हाथवेको बोर्डबाट पनि निस्किँदैछन् ।

उनले भनेका छन्, म कार्यरत दुवै पब्लिक बोर्डबाट निस्किने निर्णय गरेको छु । अब विश्व स्वास्थ्य र शिक्षाका साथै मौसम परिवर्तनका क्षेत्रमा बढी समय दिनेछु । उनले बोर्डबाट निस्केपनि माइक्रोसफ्ट सँधै आफ्नो जीवनको हिस्सा रहने समेत बताएका छन् । कम्पनीको लक्ष्य पूर्तिका लागि सहयोग गर्न आफू सँधै तत्पर रहने उनले बताएका छन् ।

बील गेट्सले पल एलेनसँग मिलेर सन् १९७५ मा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए । पल एलेनको सन् २०१८ मा मृत्यु भएको थियो । गेट्स अहिले माइक्रोसफ्टका टप शेयरहोल्डर छन् । उनीसँग माइक्रोसफ्टको १.३६ प्रतिशत शेयर रहेको छ । सन् २००० सम्म उनी कम्पनीको सीईओ थिए । हाल माइक्रोसफ्टको सीईओ सत्या नाडेला छन् ।

२०१४ सम्म बील गेट्स कम्पनीको निर्देशक थिए । त्यसपछि उनी बील एण्ड मेलिण्डा गेट्स फाउन्डेसनलाई बढी समय दिन थालेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]