July 9th, 2019

मर्जरलाई प्रोत्साहित गर्नुपर्ने ६ कारणहरु

मनोज ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक
नियमनकारी निकायले बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल मर्जर सम्बन्धी निर्णय लिएर पेश गर्नु भनेर १२ असार २०७६ मा सबै संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई अनिवार्य उपस्थित गराएको थियो । त्यस उर्दि जारी गरे पश्चात बैंकिङ क्षेत्रमै तरंग छाएको छ । कोहि पक्ष त कोहि बिपक्षमा बोली रहेको छन् । बैंकिङ क्षेत्रमा अहिले चर्चा यसैको छ । यस्तो गम्भीर बिषयमा आफूखुशी तर्क प्रस्तुत गर्नु भन्दा मर्जरको पक्ष र बिषक्षमा हुने तथ्यगत बुदाँहरुमा गहन छलफल हुनु जरुरी छ । बैकहरुको मर्जर गरिहन्दा मर्जरमा जाने बैंकहरुलाई बाध्यात्मक तरिकाले भन्दा पनि प्रोत्साहित गरि स्वतः स्फुर्त मर्जरको वातावरण बनाउन तर्फ सरकार र राष्ट्र बैंकको ध्यान जान आवश्यक छ ।
मर्जरलाई प्रोत्साहित गरिनु पर्ने कारणहरु :

१. संस्थाहरु धेरै भए अनि प्रतिस्पर्धी व्यवसाय वृद्धिमात्र नभई उत्पादन मुलक, सेवा तथा प्रविधिका क्षेत्रमा लगानीमा आक्रमक भएको अवस्थामाा बैक तथा वित्तीय संस्थाको संख्या कम गर्न सकियो भने नियमनकारी निकायलाई नियमन र सुपरिवेक्षण गर्न सहज हुन्छ ।

२. बैंक तथा वित्तीय संस्थाहरु शहरी क्षेत्रमा अत्याधिक शाखा खोलेर तछाडमाछाड व्यवसाय गरिरहेको छन् । कतिपय एउटै ठूला घरहरुमा ४ वटा बैक वित्तीय संस्थाका साथै सहकारी समेत संचालनमा हुन्छन् । हरेक शाखाको काउण्टरमा ४०।५० कारोबार समेत भएका हुँदैनन् । तर फलानो बैकले शाखा त्यहा खोल्यो भन्ने खबर हुँदापनि अर्को बैंकले पनि त्यहि शाखा स्थापना गर्छ । अनि कर्मचारी, गार्ड, भाडा, कनेक्टिविटी, ईन्सुरेन्स, बिजुली, पानी सबै संचालन खर्च बैकिङले लिएको छ । जसको कारण परिचालन क्षमता (अपरेशन एफिसिएन्सी) बढ्ने देखिन्छ । मर्जरले दिर्गकालमा यो खर्चहरु घटाई बैक तथा बित्तीय संस्थाहरुको वेसरेट घट्न गई थप प्रतिस्पर्धी बनाउँछ ।

३. मर्जरले उच्च व्यवस्थापन खर्च घटाउँछ । बैंकहरुमा प्रयोग गरिने सफ्टवोयर, एएमजी, ह्रासकट्टी लगाएतका खर्चहरुलाई दिर्गकालिन तबरले घटाउँन सहयोग गर्छ । तर मर्जर पश्चात शुरुका बर्षहरुमा सेवानिवृित्त खर्च अन्य केहि खर्चहरु केहि बढ्न सक्छ ।

४. हाल बैंकिङमा कर्मचारी एक संस्थाबाट अर्को संस्थामा दौडादौड गर्दै छन् । बैकहरुलाई पनि ग्रोथ र कर्मचारीलाई पनि ग्रोथको चक्करमा छन् । छ महिनामा कर्मचारीहरु एक बैंकबाट अर्कोमा दौडिरहेका छन् । यसका कारण कर्मचारी चाहिने अनुभव र दक्षता बिना नै माथिल्लो जिम्मेवारीमा पुगेका छन् । बैंंक नछोडेर बस्ने कर्मचारीहरु २।३ वर्ष प्रोमोशनको लागि आफ्नो कर्मचारी सेवा विनियमवाली कुर्दैछन् । संस्थाहरु प्रति ईमान्दार कर्मचारीहरुको विकास र वृद्धिमा पछाडि र दौडदौड प्रतियोगीतामा लागेकाहरु ३।४ पद माथिसम्म दौडिसकेका छन् । ग्रोथको पछाडि लागेर बैंकहरुको ब्यवस्थापन यो कुरामा जिम्मेवार बन्न खोजेकै छैन । यसले संस्थाहरुमा कर्जा जोखिम र संचालन जोखिम उत्तिकै बढाई रहेको छ, कुनै पनि बेला दुर्घटना हुन सक्छ । मर्जरले यी समस्याहरुलाई न्युनिकरण गर्न मद्दत गर्छ ।

५. मर्जरले बैंकको पूँजी कोष अझै ठूलो बनाउँछ, जसले गर्दा बैंकहरुको जोखिम बहन गर्ने र लिने क्षमतामा वृद्धि हुन्छ र ठूला परियोजनामा लगानी गर्न सक्ने हुन्छन्, जुन विकासोन्मुख देशहरुको आवश्यकता हो । एउटै बैँकले ठूलो लगानी गर्न सक्छ ।

६. नीति, विधि र रणनीति बिना चलेका धेरै संस्थाहरुको अवस्थामा सानो–तिनो यता–उता भए पनि धेरै उछलकुद मच्चाउने र जसको असर वित्तीय स्थायित्व सम्ममा पर्न जाने हुन्छ । यसर्थ संस्थागत सुशासनमा कमजोर र नीति विधिमा नचलेका संस्थाहरुलाई मजबुत, संस्थागत सुशासनमा राम्रो र नितीमा चलेका संस्थाहरुमा गाभीने संस्थाहरुका समस्या जानकारी सहित गाभिदिँदा वित्तीय स्थायित्व अझै राम्रो हुन जान्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]