Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

मर्जरलाई प्रोत्साहित गर्नुपर्ने ६ कारणहरु

२०७६ असार २४ गते

मनोज ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक
नियमनकारी निकायले बैंक तथा वित्तीय संस्थाहरुलाई तत्काल मर्जर सम्बन्धी निर्णय लिएर पेश गर्नु भनेर १२ असार २०७६ मा सबै संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई अनिवार्य उपस्थित गराएको थियो । त्यस उर्दि जारी गरे पश्चात बैंकिङ क्षेत्रमै तरंग छाएको छ । कोहि पक्ष त कोहि बिपक्षमा बोली रहेको छन् । बैंकिङ क्षेत्रमा अहिले चर्चा यसैको छ । यस्तो गम्भीर बिषयमा आफूखुशी तर्क प्रस्तुत गर्नु भन्दा मर्जरको पक्ष र बिषक्षमा हुने तथ्यगत बुदाँहरुमा गहन छलफल हुनु जरुरी छ । बैकहरुको मर्जर गरिहन्दा मर्जरमा जाने बैंकहरुलाई बाध्यात्मक तरिकाले भन्दा पनि प्रोत्साहित गरि स्वतः स्फुर्त मर्जरको वातावरण बनाउन तर्फ सरकार र राष्ट्र बैंकको ध्यान जान आवश्यक छ ।
मर्जरलाई प्रोत्साहित गरिनु पर्ने कारणहरु :

१. संस्थाहरु धेरै भए अनि प्रतिस्पर्धी व्यवसाय वृद्धिमात्र नभई उत्पादन मुलक, सेवा तथा प्रविधिका क्षेत्रमा लगानीमा आक्रमक भएको अवस्थामाा बैक तथा वित्तीय संस्थाको संख्या कम गर्न सकियो भने नियमनकारी निकायलाई नियमन र सुपरिवेक्षण गर्न सहज हुन्छ ।

२. बैंक तथा वित्तीय संस्थाहरु शहरी क्षेत्रमा अत्याधिक शाखा खोलेर तछाडमाछाड व्यवसाय गरिरहेको छन् । कतिपय एउटै ठूला घरहरुमा ४ वटा बैक वित्तीय संस्थाका साथै सहकारी समेत संचालनमा हुन्छन् । हरेक शाखाको काउण्टरमा ४०।५० कारोबार समेत भएका हुँदैनन् । तर फलानो बैकले शाखा त्यहा खोल्यो भन्ने खबर हुँदापनि अर्को बैंकले पनि त्यहि शाखा स्थापना गर्छ । अनि कर्मचारी, गार्ड, भाडा, कनेक्टिविटी, ईन्सुरेन्स, बिजुली, पानी सबै संचालन खर्च बैकिङले लिएको छ । जसको कारण परिचालन क्षमता (अपरेशन एफिसिएन्सी) बढ्ने देखिन्छ । मर्जरले दिर्गकालमा यो खर्चहरु घटाई बैक तथा बित्तीय संस्थाहरुको वेसरेट घट्न गई थप प्रतिस्पर्धी बनाउँछ ।

३. मर्जरले उच्च व्यवस्थापन खर्च घटाउँछ । बैंकहरुमा प्रयोग गरिने सफ्टवोयर, एएमजी, ह्रासकट्टी लगाएतका खर्चहरुलाई दिर्गकालिन तबरले घटाउँन सहयोग गर्छ । तर मर्जर पश्चात शुरुका बर्षहरुमा सेवानिवृित्त खर्च अन्य केहि खर्चहरु केहि बढ्न सक्छ ।

४. हाल बैंकिङमा कर्मचारी एक संस्थाबाट अर्को संस्थामा दौडादौड गर्दै छन् । बैकहरुलाई पनि ग्रोथ र कर्मचारीलाई पनि ग्रोथको चक्करमा छन् । छ महिनामा कर्मचारीहरु एक बैंकबाट अर्कोमा दौडिरहेका छन् । यसका कारण कर्मचारी चाहिने अनुभव र दक्षता बिना नै माथिल्लो जिम्मेवारीमा पुगेका छन् । बैंंक नछोडेर बस्ने कर्मचारीहरु २।३ वर्ष प्रोमोशनको लागि आफ्नो कर्मचारी सेवा विनियमवाली कुर्दैछन् । संस्थाहरु प्रति ईमान्दार कर्मचारीहरुको विकास र वृद्धिमा पछाडि र दौडदौड प्रतियोगीतामा लागेकाहरु ३।४ पद माथिसम्म दौडिसकेका छन् । ग्रोथको पछाडि लागेर बैंकहरुको ब्यवस्थापन यो कुरामा जिम्मेवार बन्न खोजेकै छैन । यसले संस्थाहरुमा कर्जा जोखिम र संचालन जोखिम उत्तिकै बढाई रहेको छ, कुनै पनि बेला दुर्घटना हुन सक्छ । मर्जरले यी समस्याहरुलाई न्युनिकरण गर्न मद्दत गर्छ ।

५. मर्जरले बैंकको पूँजी कोष अझै ठूलो बनाउँछ, जसले गर्दा बैंकहरुको जोखिम बहन गर्ने र लिने क्षमतामा वृद्धि हुन्छ र ठूला परियोजनामा लगानी गर्न सक्ने हुन्छन्, जुन विकासोन्मुख देशहरुको आवश्यकता हो । एउटै बैँकले ठूलो लगानी गर्न सक्छ ।

६. नीति, विधि र रणनीति बिना चलेका धेरै संस्थाहरुको अवस्थामा सानो–तिनो यता–उता भए पनि धेरै उछलकुद मच्चाउने र जसको असर वित्तीय स्थायित्व सम्ममा पर्न जाने हुन्छ । यसर्थ संस्थागत सुशासनमा कमजोर र नीति विधिमा नचलेका संस्थाहरुलाई मजबुत, संस्थागत सुशासनमा राम्रो र नितीमा चलेका संस्थाहरुमा गाभीने संस्थाहरुका समस्या जानकारी सहित गाभिदिँदा वित्तीय स्थायित्व अझै राम्रो हुन जान्छ ।