May 17th, 2019

फरेक्स चलखेल घोटलाः बैंकहरुलाई सवा १ अर्ब डलर जरिवाना

यूरोपेली संघ (ईयू)ले विदेशी विनिमय बजारमा चलखेल गरेको आरोपमा बहुराष्ट्रिय बैंकहरुलाई झण्डै सवा १ अर्ब डलर जरिवाना तिराएको छ । ईयूको एकाधिकार विरोधी नियामकले बार्कलेज, सिटीगु्रप, जेपी मोर्गन, एमयूएफजी र रोयल बैंक अफ स्कटल्याण्ड (आरबीएस)लाई कुल १ अर्ब २० करोड डलर जरिवाना तिराएको छ । यिनीहरुमाथि विनिमय बजारमा ११ ओटा मुद्राको विनिमय दर आपसी मिलिमतोमा तय गरेको आरोप लागेको छ । यस मामिलामा इयूले विगत ६ वर्षदेखि अनुसन्धान गरिरहेको थियो ।

यस क्रममा यी बैंकका फरेक्स कारोबारका जिम्मा पाएका केही ट्रेडर (व्यापारी)हरुले एक अर्कासँग संवेदनशील सूचना साटासाट गरेको र अनलाइन च्याट मार्फत चलखेलको योजना बनाएको पाइयो । मुद्रा बजारमा चलखेलसम्बन्धी यस्तै मामिलामा अमेरिकी नियामकहरुले पनि बार्कलेज, बीएनपी परिबास, सिटीगु्रप, जेपी मोर्गन, आरबीएस र यूबीएसलाई २ अर्ब ८० करोड डलरभन्दा धेरै जरिवाना तिराएका थिए । प्रमुख नीतिगत बेञ्चमार्क गरेकोभन्दै विगत एक दशकमा विश्वभर वित्तीय संस्थाहरुलाई अर्बौ डलर जरिवाना तिराइएको छ । अभियान दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]