बैंकिङ खबर । यतिबेला राष्ट्रिय स्तरका चार वटा बैंकमा जागीर खुलेको छ । कर्मचारी माग्नेमा दुई वटा वाणिज्य बैंक र दुई वटा विकास बैंक रहेका छन् ।
सिद्धार्थ बैंक लिमिटेडले सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सिनियर एसिस्टेन्ट तहमा विभिन्न विभागका लागि कर्मचारी मागेको छ । सबै पदका लागि अनुभव मागिएको छ भने उमेर हद पनि तोकिएको छ । आवेदन दिने म्याद ११ मे सम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
गण्डकी विकास बैंक लिमिटेडले विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । बैंंकले १५ जना ब्रान्च इन्चार्ज र १५ जना रिलेसनसिप अफिसर मागेको छ । त्यस्तै, बैंकले केही संख्यामा अफिसर, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । सबै पदका लागि स्नातक उतीर्ण भएको हुनुपर्नेछ । ब्रान्च इन्चार्जका लागि तीन वर्ष, रिलेसनसिप अफिसरका लागि दुई वर्ष, अफिसर लेभलका लागि दुई वर्ष र एसिस्टेन्ट लेभलका लागि एक वर्षको कार्यअनुभव मागिएको छ । ट्रेनी एसिस्टेन्टका लागि अनुभव नभएकाले पनि आवेदन दिन सक्नेछन् । एप्लाई गर्ने म्याद १३ मे सम्म रहेको छ ।
सरकारी स्वामित्वको नेपाल बैंकले लिमिटेडले २७९ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालयका लागि ८३ जना, प्रदेश नं. १ का लागि ४० जना, प्रदेश नं. २ का लागि ४० जना, प्रदेश नं. ३का लागि ४२, प्रदेश नं. ४ का लागि २६, प्रदेश नं. ५ का लागि ४८, प्रदेश नं. ६ का लागि १३ जना र प्रदेश नं. ७ का लागि १२ जना कर्मचारी मागेको छ । आवेदन दिने म्याद जेठ १० गतेसम्म रहेको छ ।



ज्योति विकास बैंक लिमिटेडले डेपुटी सीईओ, डेपुटी जनरल मेनेजर, इन्टरर्नर अडिट हेड, लिगल अफिसर, ब्रान्च मेनेजर र एक्जिक्युटिभ सेक्रेटरी पदमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका लागि कर्मचारी मागेको हो । सबै पदका लागि अनुभवी व्यक्तिको दरखास्त आह्वान गरिएको छ । आवेदन दिने म्याद २२ मे सम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ ।



