बैंकिङ खबर । निक्षेप संकलनमा एनआईसी एशिया बैंकले छलाङ मारेको छ । बैंकले निक्षेप संकलनमा गत आर्थिक वर्षको तुलनामा ६९ प्रतिशत वृद्धि गर्दै एक अर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेप संकलनमा एनआईसी एशिया बैंक निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा अब्बल भएको छ । सबै वाणिज्य बैंकहरुमध्येमा भने एनआईसी एशिया दोस्रो स्थानमा छ । पहिलो स्थानमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले चैत्र मसान्तसम्ममा एक अर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।
सरकारी स्वामित्वकै नेपाल बैंक निक्षेप संकलनका आधारमा नवौँ स्थानमा छ भने कृषि विकास बैंक सातौँ स्थानमा छ । यो अवधिमा कृषि विकास बैंकले निक्षेपमा ९७ अर्ब १० करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, नेपाल बैंकले निक्षेपमा ८. १७ प्रतिशत वृद्धि गरी ९० अर्ब ८१ करोड ३२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ ।
दुई बैंकको निक्षेप घट्यो
नेपाल एसबीआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकले निक्षेप बढाएका छन् । चैत्र मसान्तसम्ममा नेपाल एसबीआई बैंकले ८३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले ६१ अर्ब एक करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यी बैंकको निक्षेप गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा क्रमशः दुई प्रतिशत र १२ दशमलव २९ प्रतिशतले कम हो ।
आधा दर्जन बैंकको निक्षेप खर्बमाथि
राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकसहित आधा दर्जन बैंकले खर्बमाथि निक्षेप संकलन गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले आठ दशमलव ६७ प्रतिशत वृद्धि गरी एक खर्ब ३० अर्ब १९ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने नविल बैंकले पाँच दशमलव ०१ प्रतिशत वृद्धि गरी एक एक खर्ब २३ अर्ब एक करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, एभरेष्ट बैंकले १५ दशमलव २३ प्रतिशतले वृद्धि गरी एक खर्ब छ अर्ब ९४ करोड ४० लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकले १९ दशमलब ५३ प्रतिशतले वृद्धि गरी एक खर्ब दुई अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
७० अर्बमाथि सात बैंकको निक्षेप
सात वटा बैंकको निक्षेप चैत्र मसान्तसम्ममा ७० अर्बभन्दा माथि पुगेको छ । हिमालयन बैंकको निक्षेप खर्ब नजिक छ । बैंकले निक्षेपमा ९६ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ बैंकको निक्षेप २० दशमलव नौ प्रतिशतले बढेर ९० अर्ब ४० करोड १९ लाख रुपैयाँ पुगेको छ । प्रभु बैंकको निक्षेप २२ दशमलव ४० प्रतिशतले बढेर ८७ अर्ब ६४ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने एनएमबि बैंकको निक्षेप १९ दशमलव ८८ प्रतिशतले बढेर ८५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यसबाहेक, प्राइम कमर्सियल बैंक, बैंक अफ काठमाण्डू र सानिमा बैंकको निक्षेप ७० अर्बमाथि पुगेको छ । प्राइम कमर्सियल बैंकले ३२ प्रतिशत वृद्धि गरी ७४ अर्ब २० करोड रुपैयाँ, बैंक अफ काठमाण्डूले ७३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ र सानिमा बैंकले ३३ दशमलव ८७ प्रतिशतले वृद्धि गरी ७१ अर्ब ५३ करोड नौ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
तीन बैंकको निक्षेप ५० अर्ब पनि पुगेन
कतिपय बैंकहरुले नौ महिनामा नै खर्बमाथि निक्षेप संकलन गर्दा तीन वटा बैंकले भने ५० अर्ब पनि पुर्याउन सकेका छैनन् । सबैभन्दा थोरै निक्षेप संकलन गर्ने बैंकहरुमा सिभिल बैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंक रहेका छन् । सबैभन्दा थोरै सिभिल बैंकले ३६ अर्ब ९० करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । मेगा बैंकले ४३ अर्ब ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने नेपाल बंगलादेश बैंकले ४२ अर्ब ३६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अन्य आठ बैंकको निक्षेप संकलन
माछापूच्छ्रे बैंकले ६८ अर्ब ४३ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । निक्षेपमा १२ दशमलव २० प्रतिशतले वृद्धि गरी सनराइज बैंकले ६५ अर्ब १४ करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ भने लक्ष्मी बैंकले नौ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ६३ अर्ब २६ करोड रुपैयाँ संकलन गरेको छ । कुमारी बैंक, सिटिजन्स बैंक र एनसीसी बैंकले क्रमशः ६१ अर्ब ८४ करोड १७ लाख रुपैयाँ, ६० अर्ब २५ करोड रुपैयाँ र ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै, जनता बैंकले निक्षेपमा ५३ दशमलव ९४ प्रतिशतले वृद्धि गरी ५४ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ । सेञ्चुरी बैंकले ५२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।


