बैंकिङ खबर । रुरल माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्सको तेस्रो त्रैमासिक विवरण सार्वजनिक भएको छ । स्वरोजगारबाहेक तीनवटै माइक्रोफाइनान्सले नाफा बढेको विवरण सार्वजनिक गरेका छन् । हेरौँ, चार वटै लघुवित्तको वित्तीय विवरण :
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कमाएका २६ दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा रुरलले १४ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी भएको रुरल माइक्रोफाइनान्सले जगेडकोषमा एक अर्ब ३५ करोड ६९ लाख रुपैया राखेको छ । कर्जामा १२ दशमलव २२ प्रतिशतले वृद्धि गरी छ अर्ब ४० करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानीमा २३ दशमलव ४० प्रतिशतले बढेर २९ करोड दुई लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २५ दशमलव ७७ प्रतिशतले वृद्धि गरी २८ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
रुरल माइक्रोफाइनान्सको जोखिमयुक्त सम्पत्ति २५ दशमलव २९ प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिसेयर आम्दानी वार्षिक ३३ दशमलव १५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव २२ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ८६ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात १३ दशमलव ८७ प्रतिशत रहेको छ ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा पाँच करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मेरो माइक्रोफाइनान्सले छ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
२८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको माइक्रोफाइनान्सले जगेडाकोषमा १२ करोड ३७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६४ प्रतिशतले वृद्धि गरी ६९ करोड ९४ लाख रुपैयाँ संकलन गरेको माइक्रोफाइनान्सले कर्जामा ३६ दशमलव ६१ प्रतिशतले वृद्धि गरी तीन अर्ब दुई करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी एक दशमलव २९ प्रतिशतले घटेर १५ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव ९६ प्रतिशतले घटेर नौ करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रोभिजनमा ५५ लाख रुपैयाँ राखेको छ ।
मेरो माइक्रोफाइनान्सको निष्कृय कर्जा एक दशमलव ३९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशलमव ८९ प्रतिशत र सिडि रेसियो ४३२ दशमलव ७७ प्रतिशत रहेको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वरोजगारले दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१२ करोड २४ लाख रुपैयाँ रुपैयाँ चुक्ता पूँजी भएको स्वरोजगार लघुवित्तले जगेडाकोषमा पाँच करोड ६५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६८ करोड ६४ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा ७७ दशमलव ९४ प्रतिशतले वृद्धि गरी एक अर्ब ९७ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी ४० दशमलव ४६ प्रतिशतले बढेर नौ करोड दुई लाख रुपैयाँ र सञ्चालन मुनाफा २८ दशमलव १२ प्रतिशतले बढेर चार करोड १९ लाख रुपैयाँ पुगेको छ ।
स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४६ दशमलव ४७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४६ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २ दशमलव ५५ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २७ प्रतिशत र पुँजीकोषको अनुपात ९ दशमलव ८६ प्रतिशत रहेको छ ।
मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेड
मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मिर्मिरेले एक करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चार करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा पाँच करोड रुपैयाँ राखेको छ । निक्षेपमा १०६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी ३४ करोड १५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६७ दशमलव ११ प्रतिशतले वृद्धि गरी एक अर्ब २४ करोड तीन लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २२ दशमलव ९१ प्रतिशतले बढेर पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६२ दशमलव पाँच प्रतिशतले बढेर दुई करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९७ प्रतिशत, पुँजीकोषको अनुपात ९ दशमलव १४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ६२ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३८ दशमलव ९८ गुणा, तरलता अनुपात ४० प्रतिशत र प्रतिसेयरनेटवर्थ २ सय ११ दशमलव २८ रुपैयाँ रहेको छ ।




