Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घुससहित पक्राउ परे राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक 

२०७५ बैशाख १० गते

सेवाग्राहीसँग कमिसन बापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीश प्रसाद काफ्ले पक्राउ परेका छन् । सोमबार मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले काफ्लेलाई ५० हजार रुपैयाँ सहित रङ्गेहात पक्राउ गरेको हो ।

युवा स्वरोजगार कार्यक्रममार्फत बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई  सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराए बापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

१० लाखको पाँच प्रतिशतका दरले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए । काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । रासस