एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ ।
अध्यक्ष खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् । खनिया एनआईसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत छन् । उनले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आएका छन् ।
अन्य संचालक
भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रीय कार्यालय स्थापना भई २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको एनआईसी एशिया लघुवित्तमा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।
एनआईसी एशिया बैंक मुलुकभर गरी १९२ शाखाकार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५५अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगिसकेको छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले एनआईसी एशिया बैंक निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


