एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको मंगलबार (चैत्र २७ गते) औपचारिक उद्घाटन गरिएको छ । एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उक्त शाखाको विधिवत् उद्घाटन गरे ।
कार्यक्रमका प्रमुख अतिथी छत्रराज पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतलाई समस्या परिरहेको कुरालाई एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा विस्तारको रणनीतिले सबैमा खुशी छाएको जनाकारी गराए ।
कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित बनाईरहेको एवं भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने समेत जानकारी गराए ।
एनआईसी एशिया बैंक मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

