Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

लेटर अफ क्रेडिट’ मा ध्यान दिनुपर्ने कुराहरु

२०७४ चैत्र २४ गते

रमेश कुमार पोख्रेल / बैंकहरु वस्तु तथा सेवासँग नभई प्रतितपत्रसँग सम्वन्धित कागजातहरुसँग मात्र सरोकार राख्दछन् । त्यसैले बैंकले कागजातहरु राम्रोसँग चेक गर्नुपर्दछ । कागजातहरु चेक गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ । 
1.  Draft/ Bill of Exchange: 
     Draft Beneficiary ले नै खिचेको हो होइन ?
     म्याद भित्र खिचिएको हो कि होइन ?
     अंक र अक्षर मिल्छ कि मिल्दैन ?
     भुक्तानी गर्ने बैंक उपर खिचेको हो कि होइन ?
     प्रतितपत्र नं. लेखिएको छ कि छैन ?
     केरमेट भएको ठाउँमा दस्तखत गरिएको छ कि छैन ?
2. Commercial Invoice
      Beneficiaryले Issue गरेको हो कि हाइन ?
      आवेदकको नाममा जारी भएको हो कि होइन ?
      कर्जामा भएको रकम र मुद्रामा छ कि छैन ?
      Description of goods, services or performance कर्जामा उल्लेख भए अनुसार छ कि  छैन ?
      Payment term, प्रतितपत्र नं. कर्जामा उल्लेख भए अनुसारको छ कि छैन ?
3.  Transport Documents
      Carrier वा Agent को नाम र दस्तखत स्पष्ट  छ कि छैन ?
      कर्जामा उल्लेख भएको ठाउँबाट Trashipmentभएको हो कि होइन ?
      प्रतितपत्रमा उल्लेखित म्याद भित्र सामान चलान गरिएको हो कि होइन ?
      प्रतितपत्रमा उल्लेख गरे बमोजिम Partial Shipment, Trashipment के हो रुजु गर्नुपर्ने,
      Final destination उल्लेख छ कि छैन ? 
      Endorsement भएको छ कि छैन ?
     कर्जामा उल्लेख भए बमोजिम सामानको परिमाण, तौल, नाम र प्रतितपत्र नं. उल्लेख भएको छ कि छैन ?
4.  बीमा सम्बन्धी कागजातहरु :
      Insurance policy underwriter/ Agents/ proxies ले Issue गरेको हो कि होइन ?
      बीमा प्रमाणपत्र छ कि छैन ?
      Shipment date भन्दा पछि जारी गरेको  र कर्जामा उल्लेख गरेको मुद्रामा छ कि छैन ?
      माल सामानको CIF Value को शतप्रतिशत थप गरी बीमा गरिएको छ कि छैन ?
      Shipment place देखि discharge or final destination सम्मको Risk cover भएको छ कि छैन ? 
5. Certificate of origin :
      प्रतितपत्रमा उल्लेख भए बमोजिमको निकायबाट सामान बनेको ठाउँको बारेमा प्रमाणित गरेको कागजात छ कि छैन ? 
6.  Packing List :
     सामानको गुण्स्तरमा असर नपर्ने गरी प्रतितपत्रमा उल्लेख भए बमोजिम Packing भएको छ कि छैन ?    
7. Covering Leter:
    Recognized Bank बाट प्राप्त भएको हो कि होइन ?
    कुन प्रतितपत्रसंग सम्वन्धित हो ?   
    प्रतितपत्रको म्याद सकिएको छ कि छैन ?
    रकम, संशोधन, discrepancies  उल्लेख गरिएको छ कि छैन ?

बृहत रुपमा हेर्दा प्रतित पत्रमा अन्तरनिहित जोखिमलाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छः
कर्जा जोखिम
विदेशी विनिमय जोखिम
मुलुकको नीति, प्राकृतिक प्रकोप
कानुनी भिन्नता, भाषा, संस्कृति इत्यादि ।

वस्तु व्यापारमा मुल्य भुक्तानीको कारणले  हुन गएको अवरोधलाई बैंकहरुले प्रतितपत्रको माध्यमले हटाई अन्तराष्ट्रिय व्यापारलाई सहज बनाएका छन् । बैकहरुकै संलग्नताको कारण प्रतितपत्र कारोवारले यति धेरै लोप्रियता हासिल गर्न सकेको हो ।