Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोटका १५ जलविद्युत् आयोजनामा क्षति, ७५३ मेगावाटका आयोजना प्रभावित

२०८३ भाद्र १० गते

बैंकिङ खबर /  रसुवामा आएको आकस्मिक बाढीका कारण कोटका १५ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढीबाट ती आयोजनाको कुल ७५३ मेगावाट विद्युत् उत्पादन क्षमता प्रभावित भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण प्रणाली प्रभावित भएको हो। आयोजनाका बाँध, पावरहाउस, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ । 

प्रभावित आयोजनाको संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन र आपूर्ति प्रणालीमा समेत असर परेको छ। सम्बन्धित निकायले क्षतिको अवस्था मूल्यांकन गर्दै विद्युत् आपूर्ति तथा आयोजना सञ्चालनलाई सामान्य अवस्थामा फर्काउन आवश्यक पहल गरिरहेका छन् ।

बाढीबाट प्रभावित आयोजनाको यकिन क्षति तथा पुनःनिर्माणमा लाग्ने समयबारे विस्तृत विवरण सम्बन्धित निकायबाट थप जानकारी आएपछि स्पष्ट हुने बताइएको छ ।