बैंकिङ खबर । यो साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक बिदाको सूचि चर्चामा रह्यो । त्यस्तै, राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन बैंकहरुलाई बाटो खुला गरिदिएको विषयले पनि सर्वाधिक चर्चा पायो । समग्रमा, यो साता बैंकिङ क्षेत्रमा भएका उत्कृष्ट गतिविधिहरुका बारेमा यहाँ चर्चा गरिन्छ :
विदेशबाट कर्जा ल्याउन बैंकहरुलाई बाटो खुला
नेपाल राष्ट्र बैंकले वित्तीय वित्तीय संस्थाबाट कर्जा ल्याउन वाणिज्य बैंकहरुलाई बाटो खुला गरिदियो । बैंकिङ प्रणालीमा तरलता समस्या पटक पटक दोहोरिएपछि केन्द्रीय बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । यस्तो कर्जा बैंकहरूले सरकारका प्राथमिकता तथा उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापनमा सहयोग मिल्ने क्षेत्र जस्तै, जलस्रोत, प्रसारणलाइन, केबलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुललगायत पूर्वाधार निर्माण क्षेत्र, पर्यटन, कृषि, लघुवित्त लगायतका क्षेत्रमा उक्त कर्जा लगानी गर्न पाउनेछन् । बैंकहरुले एकदेखि पाँच वर्षसम्मका लागि कर्जा लिन पाउनेछन् । विदेशी बैंकबाट लिएको कर्जाको व्याजदरमा तीन प्रतिशतसम्म थपेर नेपालका बैंकहरुले कर्जा प्रवाह गर्नेछन् । विदेशी वित्तीय संस्थाहरुले व्याजदरबाहेकको कमिशन पाउने छैनन् ।
बैंक बिदाको सूचि सार्वजनिक
नेपाल राष्ट्र बैंक अन्तर्गत जनशक्ति व्यवस्थापन विभागले वि।सं। २०७५ सालको बैंक विदाको सूचि सार्वजनिक गरेको छ । जसअनुसार, वर्षभरीमा बैंकका कर्मचारीहरुले शनिबारबाहेक २३ दिन विदा पाउने भएका छन् ।
स्वाबलम्बन लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा भोजराज बस्याल नियुक्त भए । लघुवित्तको आइतबार ९चैत्र १८ गते० बसेको संचालक समितिको २८४ औँ बैठकले बस्याललाई सीईओ नियुक्त गरेको हो । बस्याललाई सोमबार ९चैत्र १९ गते०देखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । २४ वर्ष लामो लघुवित्त बैंकिङ क्षेत्रको अनुभव भएका बस्याल यसअघि निर्धन उत्थान बैंकमा नायब महाप्रबन्धक थिए । निर्धन उत्थान बैंकमा २३ वर्ष सात महिना बिताएर उनले स्वेच्छिक अवकाश लिएका थिए ।
बैंकमा ठगी गर्ने जेल चलान
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भए । झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक ९खजान्ची० हुन् ।
भारतबाट एनआईसी एशिया बैंकको रेमिट्यान्स सेवा
एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्ने सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गर्यो । जसअनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३,५०० भन्दा बढि शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।
संस्कृत विश्वविद्यालयका प्राध्यापकको पेन्सन राष्ट्रिय वाणिज्य बैंकमार्फत्
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण ९पेन्सन० भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भयो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उप कुलपति प्रा।डा। कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।
शाखा तथा सेवा विस्तार
ओम डेभलपमेन्ट बैंक लि।को नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार फरक फरक कार्यक्रमबिच बिधिवत उद्घाटन भयो ।
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका– २०, पुलचोकमा एक्सटेन्सन काउन्टरको विधिवत सुरुवात गर्यो ।
पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले भैरहवामा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्यायो ।
सिद्धार्थ बैंकले सुर्योदय नगरपालिका–०१ को गोर्खे बजार, लक्ष्मीपुरको सुकेपोखरी र गोदकको नारायण चोक सहित इलाममा तीन वटा शाखारहित बैंकिङ्ग सेवाको औपचारिक शुभारम्भ गर्यो ।
अन्य,
सांग्रिला डेभलपमेन्ट बैंकले केएफए सँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सफलतापुर्बक सम्पन्न गर्यो ।
ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकास्योरेन्स सम्झौता भयो ।
एभरेष्ट बैंक लिमिटेडले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गर्यो ।


