एनएमबि बैक लिमिटेडले बिश्व बैंकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग ऋण सम्झैता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैकका स्थानीय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झौतापत्रमा हस्तान्तरण गरेका छन् ।
नेपाल राष्ट्र बैकबाट स्वीकृति भएपछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैंकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला ब्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैंकले जनाएको छ ।