Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सेयर किन्न सजिलो : २८ वटै वाणिज्य बैंकमा सीआस्वा सेवा

२०७४ फाल्गुन २५ गते

बैंकिङ खबर । हाल संचालनमा रहेका २८ वटै वाणिज्य बैंकमा सीआस्वा सेवा उपलब्ध रहेको छ । जसअनुसार, वाणिज्य स्तरका जुनसुकै बैंकको वेभसाइटबाट आईपिओ, एफपिओ र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सीआस्वा सेवा दिने वाणिज्य बैंकहरु :

कृषि विकास बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
नेपाल बैंक लिमिटेड
प्रभु बैंक लिमिटेड 
एनआईसी एशिया बैंक लिमिटेड 
सनराइज बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेड 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेड 
लक्ष्मी बैंक लिमिटेड 
जनता बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड 
एभरेष्ट बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेड
सिभिल बैंक लिमिटेड
माछापूच्छ्रे बैंक लिमिटेड
एनसीसी बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेड
कुमारी बैंक लिमिटेड
सानिमा बैंक लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेड
नविल बैंक लिमिटेड

के हो सीआस्वा ?
प्राथमिक सेयर निष्काशनमा सिआस्वा प्रणाली अनिवार्य भएको छ । यसको मतलब  अब आईपिओ, एफपिओ र हकप्रद सेयर खरिदका लागि आवेदन दिँदा सिआस्वा प्रणालीको प्रयोग गर्नुपर्नेछ । यस प्रणालीको प्रयोगबाट घरमै बसी बसी इन्टरनेटको प्रयोगबाट सेयर खरिदका लागि आवेदन दिन सकिन्छ । अहिले आस्वा सेवा प्रदान गर्दै आइरहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणाली आवद्ध गरि एउटै सफ्टवेयरबाट आवेदन लिने व्यवस्था सिआस्वामा हुन्छ ।

कसरी लिने सेवा ?
यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रुपमा सिआरएन अर्थात सिआस्बा रजिष्ट्रेसन नम्बर दिन्छ । त्यसपछि तपाईँले आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् । अथवा, सिआस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेभसाइटमार्फत पनि सेयर आवेदन दिन सकिन्छ । 

अहिले अधिकांश बैंकहरुको वेभसाइटमा गएर सिधै आस्वा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ । आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंकमा हुनु आवश्यक पर्दछ । यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् । यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

शूल्क कति लाग्छ ?
आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेर यो सेवा लिन सकिन्छ । यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएको छ । अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बर लिनका लागि कुनै शुल्क तिर्नु पर्दैन ।

Ad