अर्थ तथा ब्यवसायीक क्षेत्रमा क्रियाशील ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफ दिइयर अवार्डका लागि भोटिङ्ग खुल्ला भएसँगै यसको चर्चा पनि चुलिएको छ । नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिईओ अफ दि इयर बिधाका लागि नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखि उद्योगी बिनोद चौधरीसम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।
आयोजकले पत्रकार सम्मेलन गरेर पपुलर सिइओ अफ दि इयरका लागि भोटिङ्ग खुल्ला गरिएकोे जानकारी दिएको थियो । ६ वटा बिधामा प्रदान गर्न लागिएको अवार्डको अन्य ५ बिधाको निर्णय जूरी कमिटीले गर्ने र पपुलर सिइओ अफ दि इयरका लागि पब्लीक भोटिङ्गमार्फत फाईनल गर्ने आयोजकले जनाएको छ ।
नेपालकै ठुला घराना, उद्योगी, ब्यवसायीदेखि नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशकसम्म यस बिधामा नोमिनेशनमा परेका छन् । १६ जनाको यस अवार्डका लागि नोमीनेशनमा परेको र सबैलाई भोटिङ्गमार्फत नै सबैभन्दा धेरै भोट ल्याउनेलाई अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमार्फत बताईएको छ । अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत गणना गरेर सर्वाधिक भोट पाउने ब्यक्तिलाई पपुलर सिइओ अफ दि इयरको अवार्ड प्रदान गरिने जनाइएको छ ।
अगामी फाल्गुन ३० गते होटल सोल्टीमा नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममाझ अर्थ तथा ब्यवसाय जगतमा क्रियाशील तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुलाई अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा १७ देशका ३०० जनाको सहभागीता रहनेछ ।
आफुलाई मन परेको ब्यक्तिलाई अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/ मा गई भोट गर्न सकिनेछ ।