Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्थमन्त्रीलाई लगानीकर्ताको प्रश्न : सेयर बजार कसरी अनुत्पादक क्षेत्र ?

२०७४ फाल्गुन २० गते

बैंकिङ खबर । सेयर लगानीकर्ता संघ नेपालले अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण पुँजी बजारमा नकारात्मक प्रभाव परेको भन्दै आक्रोस पोखेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै २० लाख सर्वसाधरण जनताको १६ खर्ब लगानीलाई निरुत्साहित गर्ने गरि आएको अर्थमन्त्रीको अभिव्यक्ति दुर्भाग्यपूर्ण र निन्दनीय रहेको बताएको छ ।
 
संघले तीन खम्बे अर्थनीतिका पक्षपाती नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारको बारेमा बारम्बार नकारात्मक टिप्पणी आएको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पूँजीबजारबाट लगानी जुटाउँदै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको चिलिमे, माथिल्लो तामाकोसी साथै अरुण, बरुण, हिमाल, खानीखोला, सानिमा हाइड्रो जस्ता कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले लगानी गरेको पूँजी अनुत्पादक क्षेत्र हो ?’ देशमा विद्यमान बेरोजगार समस्यालाई समाधान गर्दै करिब ५० हजार युवाहरुलाई रोजगारी दिन खोलेका बैंक तथा वित्तिय संस्थाका सेयरहरु कसरी अनुत्पादक भए भन्नेबारे प्रष्ट पार्न समेत संघले अर्थमन्त्रीसँग माग गरेको छ ।
 
संघले अनलाईन कारोवार सिघ्र सञ्चालन, बजार निर्माताको रुपमा व्यवसायिक सघं÷सस्थालाई पुँजीबजारमा भित्राउन पहल गर्ने, एनआरएन हरुलाई पँुजीबजारमा लगानी गर्ने वातावरण श्रृजना गराउने लगायतका काम गर्न अर्थमन्त्रीसँग अनुरोध समेत गरेको छ । 

सेयर खरीद बिक्रि गर्दा कोही कसैको लहलहैमा नलागि आप्mनो स्वविवेक प्रयोग गर्न र यस विषम परिस्थितिमा संयमता अपनाउन संघले सम्पूर्ण लगानीकर्ताहरुलाई अनुरोध पनि गरेको छ ।

Ad