Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारको आम्दानी र खर्च अब विद्युतीय प्रणालीमा

२०७४ फाल्गुन १५ गते

बैंकिङ खबर । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आम्दानी र खर्च इन्टरनेट माध्यमबाट गराउने निर्णय गरेका छन् । अर्थमन्त्रालयमा पदबहाली गर्दै डा. खतिवडाले आगामी वैशाखदेखि नै यो नियम लागू गर्ने बताए । जसअनुसार, अब सरकारले भुक्तानीमा दिने रकम र राजस्व संकलनमा विद्युतीय प्रणाली अपनाउनेछ । यसले सर्वसाधारणलाई सहज हुने भएको छ भने सरकारको कामकारबाही पारदर्शी हुने भएको छ । 

Ad