Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘वित्तीय संस्थाबाट लिएको कर्जाको दुरुपयोग नगरौँ’-सिक्नैपर्ने पाठ

२०७४ फाल्गुन १४ गते

सतिश पौडेल । काठमाडौंबाट दाङको घोराहि जानका लागि म २०७४।११।०९ गते बिहान ७ बजे कलंकिबाट बस चढेँ । बुटवल देविनगर कि ५५।५६ बर्षीय एक जना आमा पनि ५।६ नम्बरको सिटमा बस्नुभएको रहेछ । मलाई पनि आमासँगै बस्ने व्यवस्था बसवाला दाइले मिलाई दिनुभयो । आमासँग समान्य गफगाफ गर्दै बस अगाडि बढ्यो । आमाले मेरो घर, ठेगाना, काम सबै सोध्नुभयो । मैले पनि सबै सहि सहि बताउँदै गए । आमाले अन्य कुराहरुमा त्यति महत्त्व नदिएर मैले काम गर्ने संस्थाको बारेका जान्न खोज्नुभयो । बाबुले काम गर्ने बैंकले कहाँबाट पैसा ल्याउछ ? अनि, सदस्यहरुलाई सेवा सुविधा कसरी दिने व्यवस्था मिलाएको हुन्छ ? आमाको सम्पुर्ण जिज्ञासा मेटाए पनि केही समयपछि आमाले भन्नुभयो–

‘आजभन्दा १० बर्ष पहिले म पनि एउटा लघुवित्त विकास बैंकमा सदस्य भएकि थिएँ । एकजना आठ वर्षदेखि परिवार जसरी बसेकि एउटा सरकारी जागिरबाट पेन्सन पकाएकि अस्थायी छिमेकी बहिनीका लागि मैले २५ हजार रुपैयाँ निकालीदिएँ । मैले तरकारी पसल गरिरहेकी हुँदा सरहरुलाई पनि मैले कर्जाको सहि सदुपयोग गररिहेको देखेर केही नबोलि समुह जमानीमा बिनाधितो कर्जा दिनुभयो । कर्जा लिएर मैले पुर्ण विश्वासका साथ आठ वर्ष सँगै बसेकि नेपालगन्ज घर बताउने बहिनीलाई दिएँ ।  पहिलो किस्ता त मज्जाले तिरी मोरीले । दोस्रो किस्ताको बेला कसैलाई अत्तोपत्तो नदिई डेरा छाडेर भागी ।

अस्थायी मान्छे, कहाँ खोज्नु ? मलाई सकस भयो । सात बर्षपछि उ बस्ने डेरा पत्ता लगाएर पहिलेको कर्जा पाउने आसले उ भएको ठाउँमा पुगे । त्यहाँ पुग्दा श्रीमान श्रीमती नै गाडी दुर्घटनामा परेर घाइते अवस्थामा भएको देखेँ । मनमनै सोचेँ, मेरो आँसु लागेछ । त्यसपछि, आफ्नो पुरानो कर्जाको माया मारेर फर्किएँ ।’ 

अनि मैले सोधेँ, ‘उसलाई निकालिदिनु भएको कर्जाको के भयो नि आमा ?’ ‘दोस्रो किस्तापछि एकमुष्ट कर्जा चुक्ता गरेँ । बाबू, त्यसलाई मेरो सराप अलि कम परेको छ,’ वहाँले भन्नुभयो । 

आमासँगको मिठो गफगाफ बुटवलबाट सकियो । आमा बुटवलमा झरेर आफ्नो बासस्थानतिर लाग्नुभयो, म मेरो गन्तव्यतिर ।

त्यसैले, धितो होस वा बिनाधितो कर्जा अरुका लागि नभएर आफ्नो लागी लिने गर्नुपर्छ । कुनै पनि संस्थाबाट लिएको कर्जाको सदुपयोग गर्नुपर्छ । (लेखक मेरो माइक्रोफाइनान्समा आवद्ध छन् । )