Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

त्रिलोक लघुवित्तले सुरु गर्यो कारोबार, १० जिल्लामा सेवा दिने

२०७४ फाल्गुन ७ गते

बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (फागुन ६ गते)देखि कारोबार सुरु गरेको छ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले गरे । त्रिलोक लघुवित्त सुनवल नगरपालिकामा प्रधान कार्यालय रहेको पहिलो वित्तीय संस्था बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकबाट गत पुस १८ गते स्वीकृति पाएको लघुवित्तले माघ ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार गर्ने इजाजत पाएको थियो । लघुवित्तले नवलपरासी, कपिलवस्तु, लमजुङ, गोरखा, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की र तनहँु गरी १० जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रदान गर्ने अनुमति पाएको छ । 

अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी चार करोड ३० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्तापुँजी तीन करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने रहेका छन् भने संचालक समितिको अध्यक्षमा लेखनाथ खनिया रहेका छन् ।