Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

केके भित्रिँदैछन् नयाँ बैंकिङ टेक्नोलोजी ? बुझ्ने अवसर माघ १९ र २०

२०७४ माघ १६ गते

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ र लाभदायक प्रविधिहरु भित्रिरहेका छन् । आगामी दिन केके प्रविधिहरु भित्रेलान् त ? अहिले भइरहेका प्रविधिहरुको प्रयोग कसरी गर्ने अनि यसबाट फाइदा कसरी लिने ? यी सबै कुराहरुको बारेमा जानकारी लिन चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने यही माघ १९ र २० गते भृकुटीमण्डप जानुहोला ।

मिडिया इन्टरनेशनलले नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्दैछ । माघ १९ र २० गते दुई दिन संचालन हुने बैंकिङ सूचना मेलामा एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतले आआफ्नो सूचनामूलक स्टलहरु संचालन गर्नेछन् । ती स्टलहरु अवलोकन गरी आफूले चाहेको जानकारी लिन सकिनेछ ।

त्यस्तै, सोही अवधिमा सम्बन्धित विषयका विज्ञहरु सम्मिलित गोष्ठी संचालन गरिनेछ । उक्त गोष्ठीमा सहभागीले बैंकिङ प्रविधिहरुका बारेमा जान्न चाहेको जिज्ञासाहरु राख्न सक्नेछन्, जसको सम्बोधन सम्बन्धित विज्ञहरुद्धारा हुनेछ । 

एक्स्पोमा बैंक, बीमा लगायतले भित्र्याएका नयाँ प्रविधिहरुको बारेमा जानकारी पाइनेछ । उक्त प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले कसरी लाभ लिने भन्ने विषयमा पनि जानकारी पाइनेछ । 

Ad