बैंकिङ खबर । सेयरमा लगानी गर्ने तरिका जान्न चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने यही माघ १९ र २० गते भृकुटीमण्डपमा हुन लागेको बैंकिङ एक्स्पोमा सहभागी हुन नभुल्नुहोला । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्दैछ ।
सेयर बजारसम्बन्धी संस्थाहरुको स्टल
एक्स्पोमा नेपाल धितोपत्र बोर्ड, ब्रोकर एसोसिएसन मर्चेन्ट बैंकहरुको समेत सूचनामूलक स्टल रहनेछ । उक्त स्टलहरुबाट तपाईँले सेयर बजारसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ । धितोपत्र बोर्ड र यसका कार्यहरु, सेयर ब्रोकरको काम, सेयर किन्ने तरिका, मर्चेन्ट बैंकहरुको काम लगायतका विषयमा विस्तृत जानकारी लिन सकिनेछ ।
अन्तरक्रियात्मक गोष्ठी
एक्स्पो अवधिभर सेयर बजारको विषयमा अन्तरक्रियात्मक गोष्ठी पनि संचालन गरिनेछ । उक्त गोष्ठीमा सम्बन्धित विषयका विज्ञहरुको उपस्थिती रहनेछ । गोष्ठीमा सहभागीहरुले पुँजी बजारबारे आफूले जान्न चाहने सम्पूर्ण जिज्ञासाहरु सम्बन्धित विज्ञहरुका समक्ष राख्न सक्नेछन् ।