बैंकिङ खबर / लगातार बिदा परेपछि पुस मसान्तको समयमा नेपाल राष्ट्र बैंकले पुस २९ गते शनिबार सार्वजनिक विदाको दिन पनि बैंक खुल्ला गर्न निर्देशन दिएको छ । २९ गते शनिबार विदाको दिन पनि बैंक खुला गर्न बैंक वित्त तथा नेपाल क्लियिरिङ हाउस लिमिटेडलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले असोज, पुस, चैत र असार २५ गतेपछि शनिबार परेमा सो दिन बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला गर्दै आएको छ ।