बैंकिङ खबर । एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको सामुहिक लगानी कोष जारी गर्ने भएको छ । कम्पनीले एनआईसी एसिया क्यापिटल ग्रोथ फण्डको ईकाई विक्रीमा ल्याउनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
क्यापिटलले सात बर्षे बन्दमुखी सामुहिक लगानीकोष ल्याउने भएको हो । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइको बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।