बैंकिङ खबर । कृषि विकास बैंकको न्युरोड शाखामा अनियमितता गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले न्यूरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा र शाखा प्रबन्धक प्रेमहरि ढुङगेललाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले केही समय अगाडि करिब पाँच करोड रुपैयाँ घोटालाको अनुसन्धानका क्रममा बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी र रमेश थापालाई पक्राउ गरेको थियो ।


