Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अल्पाइन र सेतीलाई प्राप्ती गरी सेञ्चुरी बैंकले थाल्यो एकीकृत कारोबार

२०७४ मंसिर २४ गते

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले “ख” वर्गको अल्पाईन डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको सेती फाईनान्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी आइतबार (मंसिर २४ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौँमा आयोजित एक समारोहका बीच गभर्नर डा. चिरंजीबि नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे ।

अल्पाइन र सेतीलाई खरिद गरेपछि सेञ्चुरी कमर्सियल बैंकको चुक्तापुँजी सात अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको निक्षेप ४९ करोड रुपैयाँ, कर्जा लगानी ४५ अर्ब रुपैयाँ र शाखा संख्या ८५ पुगेको छ ।

चुक्तापुँजी आठ अर्ब पुर्याउनका लागि बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गर्ने बताएको छ । निकट भविष्यमा नै थप शाखा विस्तार गरी शाखा संख्या संख्या एक सय पुर्याउने बैंकको योजना छ ।