बैंकिङ खबर / नेपालको सुदुर पूर्वमा पर्ने झापा जिल्ला अन्य जिल्लाको तुलनामा बैंकिङ पहुँच राम्रो भएको जिल्ला हो । झपाको कचनकवल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । तर स्थानीय तहको केन्द्रमा मात्रै बैंक शाखा पुगेका कारण ग्रामिण भेगका जनताले बैंकिङ कारोबार गर्न स्थानीय तहको केन्द्र नै पुग्नु पर्ने बाध्यता छ ।
बैंक शाखा नभएको झापाको स्थानीय तह
कचनकवल गाउँपालिका
बैंक शाखा भएका झापाका स्थानीय तह
गौरीगञ्ज गाउँपालिका
बाह्रदशी गाउँपालिका
हल्दीबारी गाउँपालिका
कमल नगरपालिका
बुद्धशान्ति नगरपालिका
झापा नगरपालिका
मेचीनगर नगरपालिका
दमक नगरपालिका
कन्काई नगरपालिका
भद्रपुर नगरपालिका
अर्जुनधारा नगरपालिका
शिवसताक्षी नगरपालिका
गौरादह नगरपालिका
बिर्तामोड नगरपालिका
इलामका ७ स्थानीय तह बैंक विहिन
पूर्वको सुन्दर जिल्ला भनेर चिनिने इलाममा १ नगरपालिका सहित ७ स्थानीय तहमा बैंक शाखा छैनन् । अब हेरौं इलामका कुन–कुन स्थानीय तहमा बैंक शाखा छैनन्ः
बैंक विहिन इलामका स्थानीय तह
फाकफोकथुम गाउँपालिका
चुलाचुली गाउँपालिका
माईजोगमाई गाउँपालिका
माङसेबुङ गाउँपालिका
रोङ गाउँपालिका
सन्दकपुर गाउँपालिका
माई नगरपालिका
बैंक शाखा भएका इलामका स्थानीय तह
इलाम नगरपालिका
देउमाई नगरपालिका
सूर्योदय नगरपालिका




