Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु मनि ट्रान्सफरको दशैँ योजनामा जीत मायाले पाउने भइन् बम्पर उपहार

२०७४ कार्तिक २० गते

बैंकिङ खबर । प्रभु मनि ट्रान्सफरको प्रभुसँग दशैँ, तिहार र छठ उमंग, हर्षले सबैजना दंग योजनाका बम्पर उपहार विजेताको घोषणा गरिएको छ । बम्पर पुरस्कार अन्तर्गत जीत माया तामाङ्गनीले मुक्तिनाथ यात्रा गर्न पाउने भएकी छिन् । 

भदौ २५ गतेदेखि सुरु भएर कात्तिक ९ गतेसम्म संचालन गरिएको यो योजनाअन्तर्गत प्रभु मनि ट्रान्सफरबाट रकम ट्रान्सफर गर्ने आफ्ना ग्राहकहरुमध्ये लक्की ड्रबाट विजेता घोषणा गरिएको हो । जसमा प्रथम हुनेलाई पुरस्कारस्वरुप एलईडी टिभि हरेक हप्ता एक जनालाई, त्यस्तै, द्धितीय पुरस्कारको रुपमा एक महिनाको रिचार्जसहितको प्रभु टिभि सेट टप बक्स हरेक दिन एक जनालाई, तेश्रो पुरस्कारअन्तर्गत हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने प्रभुले जनाएको छ । साथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा– मुक्तिनाथ–पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने बताइएको थियो । 

सोही अनुरुप तामाङ्गनीले हेलिकप्टरमार्फत पोखरा–मुक्तिनाथ–पोखरा यात्रा गर्न पाउने भएकी हुन् ।