Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यो साता चर्चामा रहेका बैंकिङ खबरहरु

२०७४ कार्तिक १० गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

स्वीफ्ट ह्याक प्रकरण
तिहारको मौका छोकेर एनआईसी एशिया बैंकको स्वीफ्ट ऋयाक गरी करोडौँ रुपैयाँ स्थानान्तरण गरिएको खबरले यो साता हलचल मचायो । राष्ट्र बैंकको एक टोलीले गरेको अनुसन्धानका क्रममा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङ लगायतका देशमा रकम पठाएको पाइएको थियो । लक्ष्मीपूजाको दिन ह्याकरले स्वीफ्ट ह्याक गरी बैंकको विदेशी खातामा रहेको रकम आफ्नो खातामा सारेको थाहा पाएपछि एनआईसी एशिया बैंकले राष्ट्र बैंकलाई जानकारी गराएको थियो । बैंकको जानकारी लगत्तै राष्ट्र बैंकको टोलीले बैंकको एनआइसी एशिया बैंकमा गएर विस्तृत जानकारी लिएको थियो । बैंकको अन्तर्रा्ष्ट्रिय कारोबार गर्ने प्रणाली मात्रै ह्याक भएकाले देशभित्रको कारोबार नियमित रुपमा चलिरहेको छ । ह्याक गरेर स्थानान्तरण गरिएको रकम पनि छिटै फिर्ता आउने बताइएको छ । भुक्तानी भइसकेको रकम सम्बन्धित देशको केन्द्रीय बैंकले फिर्ता गराउनेछन् भने भुक्तानी भइनसकेको रकमको भुक्तानी रोकिनेछ ।

व्याजदर घटाउँदै बैंकहरु
सनराइज बैंक लिमिटेड, गरिमा विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो व्याजदर घटाए । सनराईज बैंकले आफ्नो आधार ब्याजदर १० दशमलव ८२ प्रतिशत कायम गरेको छ । बैंकले आधार व्याजदरमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरी नयाँ कर्जा व्याजदर लागू गर्ने जनाएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै बचतमा न्यूनतम चारदेखि अधिकतम छ प्रतिशतसम्म तथा मुद्दती निक्षेपमा व्यक्तिगत छ महिना अवधिमा न्यूनतम सात प्रतिशत ताथा सनराईज महामुद्धतिमा अधिकतम आठ दशमलव ५० प्रतिशतसम्म व्याज दिने जानकारी गराएको हो । बैंकले सबै प्रकारका आधार मूल्यमा लेन्डिङ्ग कर्जामा ६ प्रतिशत, क्रेडिट कार्डमा आधारधित कर्जामा मासिक २ प्रतिशत, मुद्धत्ति निक्षेपमा प्रदान गरिने कर्जामा कुपन रेटमा २ प्रतिशत वा आधारमूल्यमा २.५ प्रतिशत थप प्रिमियम जोड्दा जुन बढी हुन्छ सोही रेटमा कर्जा उपलब्ध गराउने बताएको छ । कुनैपनि ठुला आयोजना तथा परियोजनाहरुमा प्रबाह हुने कर्जाको व्याजदर भने आपसी समझदारीमा तय गरिने बैंकले जनाएको छ । 

त्यस्तै, गरिमा विकास बैंकको आधार व्याजदर ११ दशमलव ८७ प्रतिशत कायम गरिएको छ । गरिमाले उक्त आधार दरमा पाँचदेखि नौ प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । मुद्धति निक्षेपमा आधारित रहेर प्रदान गरिने कर्जामा आधार दरमा दुई प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गर्ने र सामूहिक जमानीमा प्रबाह गर्ने लघुवित्त कर्जा आधारमूल्यमा नौ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गसरिने बैंकले जनाएको छ । थोक कर्जा प्रबाह गर्ने लघुवित्तलाई प्रबाह गर्ने कर्जा व्याजदर भने सम्झौताअनुसार हुने बताइएको छ । अन्य सबै प्रकारको कर्जामा आधारमूल्यमा पाँच प्रतिशत प्रिमियम थप गरिने जानकारी बैंकले दिएको छ । त्यस्तै, गरिमाले बचतमा छ देखि आठ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ । मुद्धति निक्षेपमा नौ देखि ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने गरिमाको योजना छ । 

यता, एक्सेल डेभलपमेन्ट बैंकको आधार व्याजदर नौ दशमलव ४० प्रतिशत कायम गरिएको छ । एक्सेलले उक्त आधार दरमा छदेखि आठ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा परिचालन गर्ने जनाएको छ । एक्सेल डेभलपमेन्ट बैंकले आधार व्याजदरमा छदेखि आठ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने जानकारी गराएको छ । बैंकले बचततर्फ भने साधारण बचतमा न्यूनतम चारदेखि अधिकतम छ प्रतिशतसम्म व्याज दिने भएको छ भने मुद्धति बचतमा छ देखि १० दशमलव ५० प्रतिशतसम्मको व्याज दिने जनाएको छ । त्यसैगरी युवा तथा साना व्यवसायी स्वरोजगार कोष कर्जामा करार बमोजिम, युवा तथा साना व्यवसायी कृषि कर्जामा राष्ट्र बैंकले तोकेबमोजिम, र मुद्धती रसिद धितोमा मुद्धत्ति खाताको ब्याजदरमा थप तीन प्रतिशत वा न्यूनतम ११ प्रतिशत कायम हुने बैंकले बताएको छ ।

ज्योतिमा राप्तीभेरीको विलय
यो सातादेखि राप्तीभेरी विकास बैंक ज्योति विकास बैंकमा विलय भयो । बुधबारदेखि यी दुई बैंकको एकीकृत कारोबार सुरु भएको हो । क्षेत्रीय स्तरको विकास बैंकलाई प्रापीत गरेर राष्ट्रिय स्तरको ज्योति विकास बैंक थप सबल बनेको छ । लिमिटेड नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नितीलाई अंगीकार गर्दै हालसम्म ज्योतिले झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी २ वटा क्षेत्रिय स्तरको विकास बैंकहरुलाई सफलतापूर्वक मर्जर र प्राप्ति गरेको छ । यस प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी दुई अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप१२ अर्ब ४० करोड रुपैयाँ, कर्जा लगानी १० अर्ब ३० करोड रुपैयाँ, शाखा संख्या ४६ तथा ग्राहक संख्या एक लाख ४० हजार भन्दा बढि पुगेको छ ।

अन्य
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र जेबिल्स फाइनान्स लिमिटेडबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएकको छ ।
ओम डेभलपमेन्ट बैंक लि. र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीबीच सम्झौता भएको छ । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरीमा संचालनमा ल्याएको छ ।