तीन ठूला बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । एनआईसी एशिया बैंक लिमिटेड, लुम्बिनी विकास बैंक र देवः विकास बैंकमा जागीर खुलेको हो ।
एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले शाखा प्रबन्धक, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र इन्डस्ट्रियल ट्रेनी पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १ नोभेम्बरसम्ममा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।
भ्याकेन्सीसम्बन्धी थप जानकारीका लागि तथा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nicasiabank.com/current-vacancies
लुम्बिनी विकास बैंक लिमिटेडले केही संख्यामा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र मेनेजमेन्ट ट्रेनी माग गरेको छ । अफिसरका लागि ४० वर्ष र ट्रेनीका लागि २८ वर्ष उमेर ननाघेको कर्मचारी माग गरिएको छ । यी पदहरुका लागि एप्लाई गर्ने म्याद यही कात्तिक १५ गतेसम्म रहेको छ ।
देवः विकास बैंकमा जागीर खुलेको छ । बैंकले कैलाली, कञ्चनपूर र डोटी जिल्लाका आठ वटा शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो । यसका लागि बैंकले कम्तीमा स्नातक उतीर्ण गरेको र बैंकमा ४ वर्ष (दुई वर्ष सुपरभाइजरी भूमिका)मा काम गरेको अनुभव भएका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । यसका अलावा ३५ वर्ष उमेर नाघेको हुन नहुने, दुई पांग्रे सवारी साधनको लाइसेन्स हुनुपर्ने लगायतका सर्त पनि राखिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यही कात्तिक २२ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।




