Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई अर्बको नागरिक बचतपत्र निष्काशन हुँदै, साढे आठ प्रतिशत व्याज पाइने

२०७४ कार्तिक ६ गते

नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र निस्कासन गर्ने भएको छ । राष्ट्र बैंकले पाँच बर्षे अवधिको बचतपत्रमा साढे ८ प्रतिशत ब्याजदर राखेर निष्काशन गर्न लागेको हो ।, 

बचतपत्र खरिदका  लागि कात्तिक १२ देखि मंसिर १ गतेसम्म आवेदन दिन पाइनेछ । हरेक छ महिनामा व्याज भुक्तानी हुने बचतपत्रको सावाँ भन २०७९ मंसिर ६ गते भुक्तानी हुने छ ।
 
बचतपत्र खरीद गर्न चाहनेले कम्तिमा १० हजार रुपैयाँ बराबरको आवेदन दिनु पर्छ ।