२०७४ भाद्र ७ गते

मूल्य वृद्धिदर १२ वर्षयताकै न्यून

गत आर्थिक वर्षको वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर साढे ४ प्रतिशत छ । जुन १२ वर्षयताकै न्यून हो । आर्थिक वर्ष ०६१र६२ मा यस्तो वृद्धिदर ४ दशमलव ५ प्रतिशत थियो । अघिल्लो वर्षको आधार मूल्यको प्रभाव, आपूर्ति व्यवस्थापनमा आएको सुधार, भारतलगायत छिमेकी राष्ट्रमा रहेको न्यून मूल्य वृद्धिलगायत कारण गत वर्ष मूल्य वृद्धि दरमा उल्लेख्य कमी आएको राष्ट्र बैंकले जनाएको हो । आर्थिक वर्ष ०७२र७३ मा यस्तो मूल्य वृद्धिदर ९ दशलव ९ प्रतिशत थियो ।

गत आर्थिक वर्षको औसत मूल्य वृद्धिदर उक्त वर्षको वार्षिक लक्ष्यभन्दा कम हो । ७ दशमलव ५ प्रतिशतको लक्ष्यभन्दा कम रहेको छ । गत आर्थिक वर्षमा राष्ट्र बैंकले वार्षिक औसत उपभोक्ता मूल्य वृद्धिदर साढे ७ प्रतिशत भित्रै राख्ने लक्ष्य तय गरेको थियो । राष्ट्र बैंकले मूल्य वृद्धिका लागि तय गरेका अधिकांश लक्ष्यहरू पूरा भएका छैनन् । यसअघि आर्थिक वर्ष ०६०र६१ र ०६३र६४ मा वास्तविक मूल्य वृद्धिदर लक्ष्यभन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०५९र६० देखि मौद्रिक नीति जारी गर्न सुरु भएको हो । त्यसयता नै राष्ट्र बैंकले मूल्य वृद्धिदरको तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

गत वर्षमा घिउ तथा तेल, दलहन तथा गेडागुडी, तरकारी, यातायातलगायतको वार्षिक औसत मूल्यमा कमी आएकाले समग्र मूल्य वृद्धिदर लक्षित सीमाभन्दा न्यून रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकद्वारा सोमबार सार्वजनिक गत आर्थिक वर्षको वार्षिक आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ ।

समिक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वृद्धिदर १ दशमलव ९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर साढे ५ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहहरूको मूल्य सूचकांकको औसत वृद्धिदर क्रमशस् १० दशालव ९ प्रतिशत र ९ दशमलव २ प्रतिशत थियो । तर, घिउ तथा तेलको मूल्यमा ६ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ५ दशमलव ५ प्रतिशत र तरकारीको मूल्यमा २ दशमलव ५ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून भएको राष्ट बैंकले जनाएको छ । क्षेत्रगत आधारमा गत वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पहाडमा ६ दशमलव ४, तराईमा ४ दशमलव ४, हिमालमा ४ दशमलव १ र काठमाडौं उपत्यकामा ३ दशमलव १ प्रतिशत छ ।

व्यापार घाटा ९ खर्ब नाघ्यो
गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो ३०।४ प्रतिशतले वृद्धि हो । आर्थिक वर्ष ०७२र७३ मा यस्तो व्यापार घाटा २ प्रतिशतले बढेको थियो । गत वर्ष ७३ अर्ब ५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा यस्तो निर्यात ४।२ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो निर्यात १७।८ प्रतिशतले घटेको थियो । यसैगरी गत वर्ष कुल वस्तु आयात २८ प्रतिशतले बढेर ९ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च वार्षिक व्यापार घाटा हो । निर्यातको तुलनामा आयात धेरैले बढेपछि व्यापार घाटा अकासिएको हो । उक्त अवधिमा भारतबाट भएको आयात ३२।८ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६।८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत आर्थिक वर्ष निर्यात–आयात अनुपात ७।४ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ९।१ प्रतिशत थियो । व्यापार घाटा कुल गार्हस्थ उत्पादन ९जीडीपी० अनुपात ३५।३ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ३१।३ प्रतिशत थियो ।

६ खर्ब ९५ अर्ब रेमिटयान्स
गत आर्थिक वर्ष रेमिटयान्समार्फत मुलुकमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो ४ दशमलव ६ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष रेमिटयान्स आप्रवाह ७ दशमलव ७ प्रतिशतले बढेको थियो । गत वर्ष विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात २६ दशमलव ८ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात २९ दशमलव ६ प्रतिशत थियो । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आउनुका साथै हुन्डीलगायत गैरकानुनी माध्यमबाट रकम पठाउने क्रम बढेकाले रेमिटयान्स आप्रवाह वृद्धिदरमा कमी आएको हो ।

शोधनान्तर बचत ८५ अर्ब
गत आर्थिक वर्षको अन्त्यमा मुलुकको शोधनान्तर बचत ८२ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो बचत १ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ थियो । यसैगरी अघिल्लो वर्ष १ खर्ब ४० अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको चालु खाता गत वर्ष आयातमा आएको उच्च वृद्धिले १० अर्ब १३ करोड रुपैयाँले घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । निर्यातको तुलनामा आयातमा उच्च वृद्धि भएकाले अघिल्लो वर्ष उल्लेख्य बचतमा रहेको चालु खाता समीक्षा वर्षमा घाटामा गएको राष्ट्र बैंकको तर्क छ । कान्तिपुर दैनिकमा प्रकाशित समाचार